जीतगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न माग

मनाईयो जीतगढी विजय उत्सव

बुटवल, बैशाख ७ गते । बुटवलमा जीतगढी विजय उत्सव मनईएको छ । संसारमा नहारेको अंगे्रज फौजलाई जीतगढीबाट परास्त गरेर नेपाली वीरहरुले इतिहांस रचेको दिन बैशाख ७ गते जीतगढी विजय उत्सव मनाउने गरिएको छ । सघैका वर्ष जस्तै यो वर्षपनि हर्षोउल्ल्ससका साथ विभिन्न झांकीसहित विजय उत्सव निकालेर विजय उत्सव मनाइएको हो ।

उक्त विजय उत्सव कार्यक्रममाा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जीतगढी किल्ला ऐतिहासिक किल्ला भएकाले राष्ट्रिय सम्पदाको सूचीमा सुचीकृत गनुपर्ने र त्यसका लागि संघीय सरकारसंग पहल गर्ने बताएका छन् ।

जीतगढी किल्ला ऐतिहासिक किल्ला भएकाले राष्ट्रिय सम्पदाको सूचीमा सुचीकृत गर्नका लागि प्रदेश सरकार सकरात्त्मक रहेको बताउंदै राष्ट्रिय महत्वको बोकेको क्षेत्रको विकास गरेर प्रचार प्रसारमा ध्यान दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री आचार्यले जीतगढी किल्लाको महत्व एउटा पालिकामा मात्र सीमित राख्न नहुने बताउंदै भने राष्ट्रिय महत्व बोकेको जीतगढी राष्ट्यिस्तरको बनाएर पर्यटकसंग जोड्नु पर्नेर त्यसका लागि प्रदेश सरकारले सहयोग गर्छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अंगे्रज फौजलाई परास्त गरेर नेपाल बचाउन सफल कणेल उजिरसिंह थापालाई राष्ट्यि विभूति घोषणा गर्न संघीय सरकारसंग माग गरे । देश जोगाउनेहरुलाई राज्यले सम्मान दिनुपर्ने बताउंदै सुरुगंमार्ग सम्पन्न गर्नका लागि स्थानीय सरकारको बजेटले सम्भव नभएकाले बजेट उपलब्ध गराउन संघीय र प्रदेश सरकारलाई नगर प्रमुख पाण्डेले आग्रह गरे ।

नगर प्रमुख पाण्डेले उज्यालो बुटवल, स्वच्छ र सम्वृद्द बटवल बनाउने विषयमा कसैको दबाव, आदेश नमान्ने, बुटवल सुधारेरै छाड्छु भन्दै उनले भने – बरु राजीनामा दिन्छु तर बुटवल बनाउने अभियानबाट पछि हड्दैन । उनले व्यवसायीमैत्री बुटवल बनाउनु पर्ने र त्यसका लागि १५ वर्षे खरिद ऐन ल्याउनु पर्ने बताउंदै छाडा गाईगोरु व्यवस्थापनका लागि ठाउंको अभावले समस्या झेल्नु परेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, सिद्दार्थ नगरपालिका भैरवाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, इतिहांसविद् देवेन्द्रराज शाक्य गायतले बोल्दै जीतगढी किल्ला ओझेरमा परेको बताउंदै यसको संरक्षण, सम्वद्र्दनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

मत्रिमणि खनालको सञ्चालन र नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा गोरखादेखि ११ दिन पैदलयात्रा गरी आइपुगेका नेपाली सेनाका पदयात्रीलाई किल्लामा स्वागत गरिएको थियो । नारायणदल गणले सरायन नांच प्स्तुत गरेको थियो । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने गरिन्छ ।

अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज–गोर्खा युद्धमा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका युवा थिए ।

वि.स १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६÷७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर–चितवन क्षेत्र, बारा–पर्सा–रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउन किल्लाको रुपमा स्थापित गरिएको थियो ।