भैरहवा मालपोतका कर्मचारी घुसहित पक्राउ


बुटवल, बैशाख ४ गते । मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगर दुईलाख घुससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलिले घुससहित पक्राउ गरेको हो ।

कर्मचारी ओमबहादुर खाम्चा मगरले सेवाग्राहीबाट दुई खाल घुस लिएको आरोप छ ।























