‘कोरोना संक्रमण हुँदा मैले अबलम्वन गरेका उपायहरु’


झन्डै २२ दिनमा दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आयो । अव म कोरोना भाइसरको संक्रमणबाट मुक्त भएको छु । कोभिड १९ बाट त म पहिला नै मुक्त भै सकेको थिएँ । नेपाली समाजमा ‘नोवल कारोना भाइरस’ संक्रमणको जोखिम भने कम भएको छैन् । जोखिम दिनानुदिन झन भन्दा झन उच्च हुँदै गएको छ । थप सजग र सचेत हुनुपर्ने आवश्यकता बढ्दै गएको छ । मेरो कारोना संक्रमणको लामो भोगाइले भाइरससँग सचेत हुने हो आतंकित हुने होइन भन्ने सिकाएको छ । आफ्नो अनुभवले अरुलाई सचेत बनाओस भन्ने अभिप्रायले लेख तयार पार्ने कोसिस गरेको छु ।

नमिठो अनुभव :
कोरोना भाइरस संक्रमण पोजेटिभ देखिनुमा स्वंमको मात्रै भूमिका हुँदैन् । सामाजिक रुपमा संक्रमण फैलिसकेको अवस्थामा जो कोही, जहाँ सकै पनि संक्रमित हुन सक्छ । उच्च सावधानी अपनाउदा पनि संक्रमित भै हालिने रहेछ । संक्रमण भएको बखत मानिस डरका कारण विभेद गर्छन त्यसलाई निकै स्वभाविक रुपमा लिएको छु । तर संक्रमण मुक्त भएपछि पनि विभेदको दृष्टीकोणले हेर्ने प्रवृति निकै पिडादायी हुँदो रहेछ । भाइरस मुक्त भए पछि पनि समाजको संक्रमित जस्तै बेवहार व्यहोर्दा नमिठो अनुभव हुँदो रहेछ । जव परिवारका सदस्यहरुमा समेत विभेदकारी व्यवहार हुन्छ त्यो सहन योग्य नहुँदो रहेछ । सके सम्म चाल नपाउन भन्ने गरी नजानिदो पाराले मानिसले विभेद गरिहाल्ने रहेछन् । यस प्रकारका विभेदकारी व्यवहारले अझै पनि हामी कति पछाडी छौँ भन्ने कुरालाई प्रष्टाउँछ । संक्रमितहरुलाई हौसला दिने हो विभेद गर्नु हुँदैन । मैले सचेतना अपनाए कै कारण २ बर्षको छोरा र जीवन संगिनीलाई जोगाउन सफल भएको ठान्दछु । त्यति मात्र होइन आफ्नो सम्पर्कमा आउनेहरु समेत संक्रमित नहुँदा निकै खुसी लाग्दो रहेछ । जहिले पनि म सोचिरन्थे की मेरा कारण केही संक्रमित हुन नपरोस् ।
कारोना जित्नुको रहस्य :
मैले कोरोना संक्रमण जित्नुमा मेरा बुवा आमाको आर्सिवाद, आफन्तजन, शुभचिन्तकहरुको हौसला र मेरी जीवन संगिनीको निगरानी र स्याहारसुसारलाई नै प्रमुख ठानेको छु । त्यति मात्र होइन प्रमुख औषधी नै हौसला र आत्मवल प्रदान गर्नुहुने सम्पूर्ण महानुभाव नै हुनुहुन्छ । आफू संक्रमण हुने खतरालाई विषेश ख्याल राखी सानो छोरा समेतलाई ध्यान राख्दै मलाई नजिकबाट हेरचाहा गर्ने मेरी जीवन संगिती जीवनदीप प्रकृति प्रति म अभारी छु । अनलाइन कक्षाहरु सकेर, दुई बर्षको चकचके छोरोलाई मबाट टाढा राख्दै सम्हाल्दै मेरो ख्याल राख्नु चानचुने कुरा छदै थिएन । उनको कुशल व्यवस्थापनले नै म कोरोना मुक्त भएको महसुस गरेको छु ।
नियमति योगाभ्यास, नियमति तातो झोलिलो पदार्थको सेवान, आर्युदेदिक औषधी आदिले मलाई कोरोना जित्न सफल बनाएको छ । नियमित तातो पानीको सेवा प्रमुख दवाईका रुपमा पनि मैले लिएको छु । सकारात्मक चिन्तन, अध्ययन नै कोरोना काल समाप्त गर्ने मेरा औजारका रुपमा प्रयोगमा आए ।

तपाईँहरु प्रति ऋणी छु :
नियमित फोनबाट ढाडस दिने मेरा पुजनीय बुवा आमा, मरेङ्गबाट हौसला दिनुहुने बाबा मम्मी, मेरो दाजु शिवलाल, भाउजु देवा, बहिनी मनिसा, ज्वाइ सुभाष लगाएत सम्पूर्ण परिवारको सकारात्मक उर्जाका कारण म कारोना संक्रमण जित्न सफल भएको छु । बेला बखत फोनबाट समस्याहरुका बारेमा चाँसो राख्ने र आर्थिक समस्यामा सघाउ पुर्याउने साली सीजन, सुमन, वचन तथा वरदान पनि मेरा आत्मवल निमार्ण गर्ने आधार बनेका छन् ।
म संक्रमित भएको खवर पाउनासाथ नियमित उपस्थित भई उच्च आत्मवल प्रदान गर्नुहुने मेरो आदरणीय ठूल्दाजु लायन उमलाल बन्जाडे प्रति कृतग्न छु । उहाँले म संक्रमित भए पनि परिवारका अन्य सदस्यमा नहोस् भनेर जनस्वास्थ्य सुरक्षाका नियमहरु कडाईका साथ पालन गर्न प्रेरित गरिहुनु भयो । निरन्तर सचेत बनाउने र मेरो लागि आर्युवेद औषधीको व्यवस्थापनमा निरन्तर खटिनु भयो । जसका कारण पनि म छिटो रिकभर हुन सकेँ भन्ने लागेको छ । रिपोर्ट पोजेटिभ आए पछि विछिप्त भएको हाम्रो मानसिकतालाई सहज बनाउन ठूलो भूमिका रह्यो ।
भौतिक रुपमा कुनै पनि समाग्री अभाव हुन नदिन भाउजू पवित्रा बन्जाडे निरन्तर खटिनुभयो । हामीलाई के अवश्यक छ ? हामीले नभन्दै बुझेर घरसम्म ल्याइ हाल्नुहुन्थ्यो । यस प्रकारका गतिविधिले थप सकारात्मक उर्जा दिइरहको हुन्थ्यो । नियमति रुपमा उपस्थित भएर तथा भर्चुल संवादबाट गफगाफ गर्नमा छोरी प्रतिक्षा र छोरा प्रवेश अग्रपंक्तीमा देखिए । जसका कारण म एक्लो पन महसुस हुनबाट जोगाए ।
आफ्नै परिवारको अंग बन्नु भएका आदरणीय दाइ अशोक भन्डारी, दिदी माया भन्डारी, भाइहरु अभिशेक, आविस्कार, छोरीहरु पुजा, सोफिया पनि निरन्तर निगरानीमा रहेर गुन लागाउनु भयो । घरका लागि आवश्यक समाग्री तथा मेरो उच्च मनोवल तयार गर्न हरदम तयार रहनुभयो ।
मेरो स्वाव संकलन, परीक्षण पछिको रिपोर्ट जस्ता टेक्निकल विषयमा निरन्तर सघाउ पुर्याउनुहुने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, प्रेश सल्लाहाकार वीपि गौतम, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल क्लवका सचिव टी. आर. शर्मा लगायत अन्य साथीहरु प्रति म ऋणी छु ।
त्यस्तै अफिसियली सहयोग र सद्भावका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, सचिव रामप्रसाद आचार्य एवं महासंघका पदाधिकारी तथा सम्पूर्ण पत्रकार साथिहरु पनि धन्यावादको पात्र हुनुहुन्छ ।
मेरो अवस्थालाई सहज बनाउन हरदम प्रयत्न गनुहुने प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही अध्यक्ष श्यामलाल पोखरेल प्रति अभारी छु । त्यस्तै स्मृति स्कुलका प्राचार्य तथा लेखक हरि ज्ञवाली, सहित्यकार सुनिता चुँदालीप्रति कृतज्ञग्न छु । जसले नियमित रुपमा सम्पर्क गरी आत्मवल प्रधान गर्नुभयो ।
मेरो हौसलाको मुख्य स्रोतका रुपमा काम गर्नुहुने लुम्बिनी बौद्धविश्वविद्यालयका उपप्रध्यापक सुमन्तराज न्यौपाने सर प्रति आभारी छु । उहाँको आत्मबल प्रदान गर्ने तरिका नै बेग्लै छ । उहाँको आत्मबलले ठूलो काम गरेको म ठानेको छु ।
आइसोलेशनको समयमा समय विताउन सघाउ पुराउन किताव तथा दस्दावेजहरु उपलव्ध गराउनु हुने राजनीतिक व्यक्तित्व आदरणीय नारायण जिसीलाई धन्यावाद दिन चाहान्छु । कितावले नै मलाई दिन विताउन र सकारात्मक उर्जा प्रदान गर्नमा सघाउ पुरायो ।
घरलाई चाहीने समाग्री ल्याउने देखि गुर्जो, अम्वाको पात, पानको पात सहितका जराबुटा संकलन गरी उपलव्ध गराउनुहुने मायाँ कंडेल, आफै अघात पिडामा हुँदा समेत नियमित ढाडस र हौसला दिइरहनुहुने असल छिमेकी आर्दश प्रधान, चन्दाध्वजु प्रधान, छिमेकी अनिता श्रेष्ठ प्रति पनि आभारी छु ।
काउन्सिलिङ्ग र आयुवेद औषधि उपलव्ध गराउनुहुने योगिराज विष्णुहरी आचार्य, नियमित फोन सम्वाद तथा स्वयम उपस्थित हुनुहुने मायाँ गौतम फुल्लेल मेडम, गीतकार चन्द्र फुल्लेल, नियमित संम्पर्कमा रही मेरो स्वास्थयका बारेमा चासो राख्नुहुने मेरा मित्र सुदिप भन्डारी, अंकल पुरन बन्जाडे, गोपीराम बन्जाडे, निरन्तर फोन सम्पर्कमा रहनुहुने भान्जादाई विष्णु गैरे, मित्र प्रकास गौतम, दाजुहरु नारायण बन्जाडे, टानबहादुर खत्री, परसुराम बन्जाडे, रामप्रसाद भूषाल, गीता शर्मा कंडेल, तुल्सी पाण्डे, पुरन पोखरेललगाए सम्पूर्ण प्रति आभारी छु ।
धेरै आफन्तजन, इष्टमित्र, साथिभाईहरुले फोन, भाइवर, म्यासेन्जरबाट सुभेक्षा प्रकट गर्नुभएको छ । सवैको नाम उल्लेख गर्न असमर्थ छु यद्यपी सबै सबै प्रति हार्दिक आभार सहित धन्यावाद व्यक्त गर्दछु ।
संक्रमित भएपछि मैले यसो गरेँ :
पहिलो दिन ज्यान दुख्ने र ज्वरो आउने हुन थाले पछि मैले झोलीलो पदार्थ पिउने काम गरे । जव संक्रमित भएको खवर आउँछ तव एक प्रकारको भावना उत्पन्न हुुन्छ नै । कतै केही भै हाल्छ की भन्ने तर विस्तारै जित्दै जाँदा आत्मबल विकास हँुदै जाँदो रहेछ ।
संक्रमित भए पछि म नियमित पिउने भन्दा झन्डै ५ ÷६ गुणा बढी तातो पानी पउथेँ । त्यस पछि आयुवेद औषधी, घरमा तयार हुने तुलसी, जुवानो, बेसारको पानी, गुर्जोको काडा, असुगन्दा मिलाएको दुध, दुध र बेसार, गेडागुडीको सुप, भेजिटेवल सुप, मर्सुम सुप आदि दैनिक रुटिन तयार गरेर पिउथेँ ।
त्यस्तै नियमित रुपमा खाने खानाका अतिरिक्त माछा, मासु, अन्डा, कागति, अदुवा, हलेदो, टिमुर आदि सेवान गर्दथेँ । जसले मलाई कमजोर हुनबाट बचायो जस्तो लाग्छ । विहान उठेपछि नियमित योग अभ्यास र ध्यान गर्ने बानीको विकास गरेँ । योगले मलाई भित्र अंगहरुको सकृयाता बढाउन सहयोग गरेको र ध्यानले नकारात्मक चिन्तनलाई कमी गरेको महसुस गरेको छु । दैनिक रुपमा साँझ विहानको कम्पाउन्ड भित्र कै एक आधा घण्टाको हिडाइ पनि औषधी कै रुपमा काम गरेको मैले ठानेको छु ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










