पाल्पामा संयुक्त रुपमा मनाईयो कम्युनिष्ट पार्टीको स्थापना दिवस


पाल्पा, बैशाख ९ गते । पाल्पामा संयुक्त रुपमा ७७ औं कम्युनिस्ट पार्टीको स्थापना दिवश मनाइएको छ। राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी र नेपका माओवादी पाल्पाले, संयुक्त रुपमा स्थापना दिवस मनाएका छन् । सदरमुकाम तानसेनमा स्थापना दिवश मनाईएको हो ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यादबबहादुर रायमाझी, पार्बती बिक राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की नेकपा माओवादी लुम्बिनी प्रदेश सदस्य आकाश थापाले बोल्दै कम्युनिष्ट एकताको खांचो बढेको बताए ।
विदेशी शक्तिको चलखेल बढ्दै जांदा उनीहरुले कम्युनिष्ट आन्दोलन कमजोर हुंदै गएकाले विभाजित कम्युनिष्ट पार्टीहरुबीच एकता आजको आवश्यक्ता बनेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य लिला सोमै, नरमति सिंजाली, दल बहादुर राना, पुरन गैरे, गोमा मगर लगायतले कम्युनिष्ट आन्दोलनबारे फ्लोरबाट आआफ्ना धारणसहित पार्टी नेतृत्वहरुलाइृ सुझाव दिएका थिए ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्द गर्नको लागि पाल्पाबाट एकताको सन्देश दिन स्थापना दिवश संयुक्त रुपमा मनाइएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिएका छन् ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्द बनाउने गरी छलफललाइ निरन्तरता दिनेमा पाल्पाका पाल्पाका तीन पार्टीको धारणा रहेको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक अशोककुमार शाही को अध्यक्षता, राष्ट्रिय जनमोर्चाका अध्यष विशाल दर्लामीको सञ्चालन र नेकपा माओवादी पाल्पाका सदस्य पुर गैरे शर्माको स्वागतमा कार्यक्रम भएको थियो ।























