बुटवलमा कार्वन उत्सर्जन कार्यशाला


बुटवल, बैशाख ११ गते । कार्वन उत्सर्जन न्यूनीकरणबारे बुटवलमा कार्यशाला गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनीकरणबारे कार्यशाला गरिएको हो ।

उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तीब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले बायु प्रदुषणका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यसैलाई मध्येनजर गरेर नवउद्यमीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विमलराज भट्टराईले उद्योग व्यवसायमा हुने साना साना कुराको सुधारले पनि कार्वन उत्सर्जन न्यूनिकरण गर्न सकिने बताए ।

कार्यक्रममा ‘क्रिएटिभ ग्रीन इकानोमी’ अवधारणाअन्तर्गत हस्तकला उत्पादनमा वातावरणमैत्री अभ्यास अपनाउने, कार्बन उत्सर्जन घटाउने र स्थानीय स्रोतको प्रयोग बढाउने विषयमा स्टोरी साईकलका सौरभ ढकालले जानकारी गराएका थिए ।
जलवायु परिवर्तनसँग सम्बन्धित नेपाली हस्तकलाको दिगोपन प्रवद्र्धन गर्नका लागि पनि कार्वन उत्सर्जन न्यूनिकरण उपयोगी हुने साना हस्तकलाकी उसा पनले बताईन् ।
कार्यक्रममा ‘लाइफ साइकल असेस्मेन्ट’ मार्फत उत्पादनदेखि प्रयोग र पुनःप्रयोगसम्मको कार्बन प्रभाव मापन गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो। साथै, मानिस, पृथ्वी, नाफा, उद्देश्य र स्थानको अवधारणालाई आत्मसात गर्दै दिगो उत्पादन र बजार विस्तारमा जोड दिइएको बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताए ।
स्टोरी साईकलका निश्चल वली र साना हस्तकलाकी रोजिना थापाका अनुसार यसबाट नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने, कार्बन क्रेडिटबाट आम्दानी गर्न सकिने जस्ता लाभ लिन सकिनेछ ।























