गीता पाण्डे घटनामा डा. सतिश निलम्बन, खत्री मेडिकलबारे मौन


बुटवल, बैशाख १२ गते । पाल्पा बगनासकालीकी गीता पाण्डेको गर्भपतन गराउंदा बुटवलको नीजि स्वास्थ्य संस्थामा मृत्यु भएपछि गठित छानपिन समितिले प्रतिवेदन सार्वजसिनक गरेको छ ।

गर्भपतन गराउने क्रममा यही बैशाख ६ गते २९ वर्षिय गीताको मृत्यु भएको थियो । गीताको मृत्यु भएपछि उनका श्रीमान प्रकाश पाण्डेले उजुरी दिएपछि गठन भएको समितिले मेडिकल काउन्सिललाई प्रतिवेदन बुझाएको हो । 
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा गठित छानबिन समितिले शनिबार पत्रकार सम्मेलनमार्फत मेडिकल काउन्सिलका रजिष्ट्रर डा. सतिशकुमार देवलाइ प्रतिवेदन बुझाएको हो ।

छानवीन समितिले उपचारमा संलग्न डा शतिस रुपाखेतिलाई निलम्बन गरेको छ । जोनल र इन्दुलेखा दुई मेडिकललाई कारवाही गर्ने भनेपनि शुरुदेखि उपचार गरेको खत्री मेडिकलबारे छानविन समतिको प्रतिवेदन केही बोलेको छैन ।
छानविन समितिको प्रतिवेदनले खत्री नर्सिङ होम र त्यसका सञ्चालक डा. डिवी खत्रीलाई छानविन समितिले उम्काउन खोजेको आरेप लगाईएको छ ।
छानबिन समितिले गरेको सिफारिसका आधारमा उपचारमा लापरवाही गरेको प्रतिवेदनले भनेकाले डा. शतिस रुपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरिएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रर डा. सतिशकुमार देवले बताए ।
छानिविन समितिले तीन लगाएर तयार पारेको २६ पृष्ठ लामो शनिबार सार्वजनिक गरेको प्रतिवेदनले उपचारमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालेको छ ।
कारबाहीपछि डा. रुपाखेतीले केही समय चिकित्सकीय पेशामा काम गर्न नपाउने बताईएको छ । गीताको गर्भपतनमा संलग्न जोनल हेल्थ क्लिनिक र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गराउन प्रहरी÷प्रशासनलाई पत्राचार गर्ने समितिले निर्णय गरेको छ ।
मेडिकल काउन्सिलका रजिष्ट्रर डा. सतिशकुमार देवले यो घटनाको प्रतिवेदनबारे मेडिकल काउन्सिलको बोर्डले अध्ययन गर्ने बताए ।
निलम्बनमा परेका डाक्टर रुपाखेतीसहित ५ जनालाई मृतकका श्रीमान् प्रकाश पाण्डले जाहेरी दिएपछि उक्त जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
१२ हप्ताको गर्भ पतन गराउन यही बैशाख ४ गते बुटवलको खत्री नर्सिङ होममा मृतक गीता पाण्डे गएकी थिइन । बुटवलकै जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकले गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको हो ।























