तिलोत्तममा शुलभ फार्मेशी सञ्चालन

बुटवल, बैशाख १६ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुलभ फार्मेशी सञ्चालन गरिएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा र बुट्स मेडिको प्रालिले मणिग्राममा बुधबारदेखि शुलभ फार्मेशी सञ्चालन गरिएको हो ।

नागरिकलाई सुफथ मुल्यमा सबै प्रकारका औषधीहरु उपलब्ध गराउने उद्देश्यले यो फार्मेशी सञ्चालन गरिएको हो । फार्मेशीको बुधबार तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले उद्घाटन गरेका हुन् । त्यस कार्यक्रममा बोल्दै नगरप्रमुख खांणले तत्कालका लागि २५.१० प्रतिशत टुटमा औषधीहरु उपलब्ध गराईने र आगमी वर्षदेखि शुलभ प्याथोलोजी सञ्चालन गरेर नागरिकलाई स्वास्थ्य सेवा दिने बताए ।

नागरिक स्वस्थ्य भएमा भौतिक बिकास सम्भव रहेको बताउंदै नागरिकको स्वास्थ्यप्रति ख्ख्याल गरेर नगरपालिकाले नीजि क्षेत्रको सहयोगमा शुलभ फार्मेशी सञ्चालन गरिएको बताए । नगर प्रमुख खांणले अहिले भौतिक पूर्वाधारका कामहरु ठप्प जस्तै भएको बताउंदै उनले भने – स्वास्थ्य सेवाका लागि शुलभ फार्मेशी तिलोत्तमाको गौरव हो ।

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरवासीको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सुलभ फार्मेसी सञ्चालन गरिएको र यसबाट नगरवासीले सहुलीयत दरमा गुणस्तरीय औषधि पाउने बताइन ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताए । उनले फार्मेशी सञ्चालनका लागि नगरपालिकाले भाडा उपलब्ध गराउने र भाडाको वार्षिक रकम २ लाख ५० हजार उपलब्ध गराउने जानकारी गराए ।

स्वदेशी र विदेशी औषधी उद्योगहरुबाट उत्पादित औषधीहरु तिलोत्तमा नगरपालिकाको सहयोगमा २५.१० प्रतिशत छुटमा औषधी उपलब्ध गराइने छ ।

बुट्स मेडिको प्रालिका सञ्चालक बसन्त जीसीले नितान्त नागरिकलाई सेव ागर्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाको सहयोगमा शुलभ फार्मेश िसञ्चाचलन गरिएको बताए ।