सार्वजनिक यातायातको भाडावृद्दि, नागरिक मारमा

बुटवल, बैशाख १६ गते । यातायातको भाडा बढेपछि आमनागरिक मारमा परेका छन् । इन्धनको मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले पटक पटक सार्वजनिक यातायातको भाडा बढाउंदा नागरिक मारमा परेका हुन् ।

विभागले फेरिपनि भाडा बढाउंदा नागरिकले सरकारको बिरोध गरेका छन् । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जानकारी गराएको छ ।

यसअघि चैत २५ गते पनि भाडावृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोही अनुसार सार्वजनिक सवारीसाधनको भाडा बढेको विभागले बताएको छ ।