सरकारको बिरोध गर्दै सुकुम्वासी तथा अव्यबस्थित बसेवासी धर्नामा


बुटवल, जेठ १ गते । सरकारले सुकुम्वासी तथा अव्यबस्थित बसेवासीलाई डोजर लगाएर हटाएपछि सरकारको चौतर्फी बिरोध भएको छ । सुकुम्वासी तथा अव्यबस्थित बसोवासीले उचित व्यवसथापनसहित लालपूर्जाको माग गरिरहेको बेला हटाउन थालेपछि सरकारको चौतर्फी बिरोध भएको हो ।
काठमाण्डौको विभिन्न ठाउंमा डोजर लगाएर सुकुम्वासी तथा अव्यबस्थित बसोवासीहरु बस्दै आएका घर, टहरा भत्काइदिएको छ । उक्त ठाउंमा बस्नेहरुले आफहरु घरबारबिहिन हुनुपरेको बताउंदै काठमाण्डौको माइतिघर मण्डलामा धर्ना बसेर सरकारेको बिरोध गरिरहेका छन् ।
उनीहरुले सरकारको बिरोध गर्दै प्रधानमन्त्रीको बालेन्द्र शाहको बिरोध गर्दै राजीनामासमेत मागेका छन् ।
























