सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको अवस्था के होला ?


काठमाण्डौ, बैशाख ३१ गते । केही दिन अघि सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरु बस्दै आएको संरचना डोजर प्रयोग गरेर भत्काएको थियो ।

सरकारले सार्वजनिक जग्गा ओगटेर बसोवास गरेको भन्दै घर टहराहर भत्काइदिएको हो । उक्त जग्गामा बनेका घर टहराहरुमा बसोवास गर्दै आएका मानिहरुले लालपूर्जा माग गर्दै आएका थिए ।
यो डोजर प्रयोग गरेर सरकारले घर तथा टहराहरु भत्काईदिएपछि ति घर, टहरामा बस्नेहरुको अवस्था अहिले के होला ? भन्ने विषय उठेको छ । हुनेहरु त भएका ठाउंमा गएर बसेका होलान्, नहुनेहरुले कति दुख्ख पाएका होलान भन्ने मानवीय प्रश्नहरु समाजमा उठ्न थालेका छन् ।
























