एसईईमा बुटवलको कालिका लुम्बिनी प्रथम, नेपाल दोस्रो


बुटवल, बैशाख ३० गते । कालिका मानवज्ञान मावि लुम्बिनी प्रदेशमा प्रथम भएको छ । मंगलबार साझा राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशन भएको एईईपरीक्षाको नतिजमा सामुदायीक विद्यालयतर्फ कालिका मानवज्ञान मावि नेपाल भारबाट दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ । कालिका मानवज्ञान माविबाट ५ जना विदार्थीले ४ जीपीए ल्याएका छन् ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार जुन संख्या लुम्बिनी प्रदेशमा सामुदायीक विद्यालयतर्फ सबैभन्दा प्रथम हो भने नेपालमै नारायणी मावि पछि दोस्रो स्थान कालिका मानवज्ञान मावि रहेको छ ।
बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिका नगरमा रहेको कालिका मानवज्ञानका विद्यार्थी स्वता लम्साल, रोशनी भट्टराई, प्रतिमा भट्टराई, लविज खनाल, सुयोग सापकोटा र अमिस ज्ञवालीले ४ जीपीए ल्याएका हुन ।

राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित माध्यमिक शिक्षा परीक्षा २०८२ मा ३।६ देखि ३।९८ जिपीए ल्याउने विद्यार्थी संख्या १५८ जना रहेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ३।२ देखि ३।५९ जिपीए ल्याउने विद्यार्थी संख्या १ सय ८७ जना रहेका छन् , भने विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी १ सय ३२ जनाले २।८ देखि ३।१९ जीपीए ल्याएका छन् ।
यस्तै ३४ जनाले २।४ देखि २।७९ जिपीए ल्याएका छन् ।























