आन्दोलनलाई सशक्त बनाउन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको बुटवलमा भेला

बुटवल, बैशाख ३० गते । भोगचलन गर्दै आएका घर जग्गाको लालपूर्जाको माग गर्दै आन्दोलनरत भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले बुटवलमा राष्ट्रिय भेला गर्ने भएका छन् । आगमी जेठ ३ गते हुने राष्ट्रिय भेलामा २२ जिल्लाका भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको सहभागिता रहने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

नेपाल भूमिहिन अव्यवस्थित सुकुम्बासी संघर्ष समिति रुपन्देहीको आयोजनामा हुने उक्त राष्ट्रिय भेलाबाटै आन्दोलनलाई देशभर थप सशक्त बनाउने राष्ट्रिय भेलाका समन्वय संयोजक खगेन्द्र पौडेलले बताए । सरकारले चलाएको डोजर आतंक विरुद्दको आन्दोलनलाई थप चर्काउने उद्देश्यले आयोजन ागर्न लागिएको राष्ट्रिय भेला सफल बनाउन विभिन्न ७ वटा उपसमितिहरु ग्ठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।

राजमार्ग चौराहबाट ३० हजार बढीको उपस्थितीमा र्यालीसहित ट्राफिक चोकमा पुगेर कोणसभाको आयोजना गरिने राष्ट्रिय भेला समन्वय समितिका संयोजक खेगेन्द्र पौडेलले बताए । राष्ट्रिय भेलासंगै आयोजना गरिने प्रदर्शनमा रुपन्देहीका १६ वटै स्थानीय पालिकाबाट उपस्थिती रहने संयोजक पौडेलले बताए ।

संयोजक पौडलका अनुसार जेष्ठ ३ गते आयोजना हुने वृहत प्रदर्शनपछि बुटवलमै राष्ट्रिय सम्मेलनको आयोजना गरी देशव्यापी रुपमा गरिने आन्दोलनको प्रारुप तयार पारिने छ । विघठित भूमि आयोगका अनुसार रुपन्देहीमा ७९ हजार बढी घर परिवारले भूमिहिन सकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीका रुपमा नाम दर्ता गराएका छन्, भने ५२ हजार घर परिवारको जग्गा नापजाँच गरिएको छ ।

सरकारले भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई उठिबास लगाउने गरी डोजर आतंक चलाएकाले त्यसका बिरुद्द आन्दोलनलाई देशभर बनाउने र त्यसका लागि बुटवलमा राष्ट्रिय भेलाको आयोजना गरिएको नेकपा माओवादीका बिरेन्द्र सीले बताए ।