बुटवलमा छाडा गाई, गोरुको व्यवस्थापन गरिने


बुटवल, जेठ ३ गते । सरसफाई अभियानलाई निरनतरता दिंदै आएको बुटवल उपमहानगरपालिकाले सडकका छाडा गाई, गोरुको व्यवस्थापन गर्ने भएको छ ।

आइतबार जेठ ३ गतेदेखि सडकमा छाडा छोडिएका गाइ गोरुको उचित व्यवस्थापन गरी सडकलाई गाइ, गोरुरहित बनाउने गरी अभियान चलाईएको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ३ देखि वडा नम्बर ११ सम्मका वडाहरुबाट एकै पटक छाडा गाई गोरुलाई गौशालामा लगिएको छ ।
बुटवलमा छाडा चौपायांका कारण सडक दुर्घटना र सडक यात्रुलाई हिडडुल गर्नसमेत समस्या भैरहेको छ ।
बुटवलमा रहेका छाडा गाई, गोरु बुटवलका नभएर भारतबाट रातीमा ट्रकमा ल्याएर बुटवलमा छोड्न गरिएकाले समस्या आएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।

प्रमुख पाण्डले छिमेकी पालिका तिलोत्तमा तिरबाट पनि गाइ, गोरु बुटवल प्रवेश गर्ने गरेकाले मिलेर व्यवस्थापन गर्नुपर्ने बताए ।























