नीजि क्षेत्रलाई उत्साहित बनाउनु पर्छ – मुख्यमन्त्री


बुटवल, जेठ ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने बताएका छन् । मुख्यमन्त्री आचार्यले व्यवसायीलाई हतोत्साहित नगराउन संघीय सरकारलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नीजि क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बताए । संघीय सरकारका कारण नीजि षेत्र तथा व्यवसायीहरु हतोत्साहित भएको बताउंदै यो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहेको बताउंदै मुख्यमन्त्री आचार्यले भने – व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध छ । उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप लम्बिने अवस्था आउने बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नीजि क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी गरेको बताउंदै हत्तोसाहित नहुन नीजि षेत्रलाई आग्रह गरेका छन् ।
























