मिलन कला केन्द्रद्दारा सहयोग दाता र कलाकार सम्मान


बुटवल, जेठ ३ गते । मिलन कला केन्द्र बुटवल, रुपन्देहीले देउसी भैलोलाई सहयोग गर्ने सहयोग दाता र कलाकारहरुलाई सम्मान गरेको छ ।
२०८२ को देउसी भैलोलाई सहयोग गर्ने सहयोग दाता र उक्त भैलोमा गीत तथा नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई सम्मान गरिएको हो ।

देउसी भैलो पुर्नमिलन कार्यक्रमको आयोजना गरी मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकी र समाजसेवी तथा पूर्व बुटवल नगरप्रमुख श्रपसिंह थापाले मायांको चिनोले सम्मान गरेका थिए । 
सोही कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपसिंह थापाले कला संस्कृतिको जगर्नेना गर्नु सबैको साझा दायित्व भएको बताउंदै कलाकारिताको माध्यमबाट देशलाई विश्वको सामु चिनाउन सकिने बताए । परापूर्व कालदेखिका गीत र नांचहरु लोप हुंदै गएकोप्रति चिन्ता गर्दै पहिला पहिलाका गीत र ति गीतहरुसंग नाच्ने नांचहरु न्यां पुस्तालाई हस्तान्त्रण गर्नुपर्नेमा जोड दिए ।

मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले देउसी भैलोबाट संकलन भएको रकम सही ठाउंमा सदुपयोग गरिएको बताउंदै अनाथ आश्रम, गरिब तथा विपन्न वर्ग समूदायका विद्यार्थीलाई सहयोग गरिएको बताइन ।
अध्यक्ष बुढा थोकीले मानवी सहयोग नै धर्म भएको बताउंदे उनले भनिन् – हामिले मानवीय सहयोगका लागि काठमाण्डौको इन्द्रिेणी परिवारलाई आर्थिक सहयोग गरेका छौ । हामीले मिलन कला केन्द्रको माध्यमबाट धेरै ठाउंमा सहयोग गरेका छौ र हाम्रो उद्देश्य समाज सेवापनि हो भनिन् ।
कार्यक्रममा मिलन कला केन्द्रका कोषाध्यक्ष तथा नृत्य निर्देशक संघ लुम्बिनीका सचिव दर्पण शेर्पा, नृत्य निर्देशक संघ रुपन्देही अध्यक्ष सुन्दर गुरुङ, कदमवरी थापा, मिना ढकाल लगायतले बोल्दै कलाकारिताको क्षेत्रबाट पनि समाजमा परिर्वतन ल्याउन सकिने र मानवीय सेवा गर्न सकिनेमा जोड दिंदै मिलन कला केन्द्रको कामप्रति प्रसंसा गरेका छन् ।
कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीको अध्यक्षता र शारदा पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।























