बुटवलमा भूमिहिनको प्रदर्शनमा परिचालित प्रहरी

बुटवल, जेठ ३ गते । जेठमासाको बुटवलको उखरमौलौ गर्मीको कुनै प्रवाह नगरी आइतबार भूमिहिन तथा अव्यवस्थित बसोवासीहरुले सरकारबिरुद्द नाराबाजी गर्दै प्रदर्शन गरे ।

सरकारले डोजर लगाएर सम्पतिहरुबाट धपाएपछि आन्दोलित उनीहरुले गुमेका सम्पति फिर्ता र लालपूर्जा नपाउंदासम्म अब आन्दोलन नरोक्ने बताएका छन् ।
भूमिहिन तथा सुकुम्वासीहरुले प्रदर्शन गर्ने भएपछि आइतबार बिहानैदेखि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

भेली जेठ ४ गते बुटवलमा हुने राष्ट्रिय भेलाले थप नयां र सशक्त कार्यक्रम ल्याउने भूमिहिन तथा अव्यबस्थित बसोवासीको आन्दोलनको अगुवाइ गरेका खगेन्द्र पौडेलले बताए ।