खुकुरी देखाउंदै युवतीलाई कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ


दाङ , असार ३ गते । एकान्त जंगलमा लगेरे युवतीलाई खुकीरी देखाउंदै कुटपिट गर्ने युवकलाई प्रहरलिे पक्राउ गरेको छ । कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालहरुमा आएपछि दाङ प्रहरीले पक्राउ गरेको पुष्टि गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी रमेश ठाडामगरलाइ मंगलबार राती उनकै घरबाट पक्राउ गरिएको हो ।
उक्त घटनामा संलग्न रहेको आसंकामा जीवराज खत्रीलाई पनि नियन्त्रण गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
पक्राउ गर्नेक्रममा रमेशलाइ लागुऔषधसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
























