नेकपा माओवादीका पोलिटव्युरो बसन्तद्वारा पार्टी परित्याग


बुटवल, असार ४ गते । नेकपा माओवादीका पोलिटव्युरो सदस्य वसन्त श्रेष्ठले पार्टी परित्याग गरेका छन् । रुपन्देही ईन्चार्जसमेत यन्चार्जसमेत रहेका श्रेष्ठले बिहीबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पार्टी परित्याग गरेको घोषणा सार्वजनिक गरेका छन् ।

पछिल्लो समय पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी आन्दोलन संगै समग्र कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी ध्रुबिकरणका बिषयमा गम्भीर बहस भएको र बहसमा भाग लिएका नेताहरुलाई नेतृत्वले कारबाही र निष्काशनको प्रकृया अघि बढाएपछि उनले पार्टीको कुनै पनि तहमा आफु नरहने बताएका छन् ।
पार्टीमा आँफुहरुले उठाएका सवालहरुमा बहस छलफल गर्नुको साटो निषेधात्मक ब्यबहार गरेपछि सो कदम चालेको बताउनुभयो । केहि दिन पहिले सो पार्टीका स्थाईसमिति सदस्य उमा भुजेल शिलु र केन्दीय सदस्य चन्द्रवहादुर खड्का असललाई पार्टीले निस्काशन गरेको थियो ।

प्रचन्ड नेतृत्वको माओवादी केन्द्र बाट बिद्रोह गरि मोहन बैद्य नेतृवमा पार्टी पुनर्गठनमा सहभागि भएका उहाँ विप्लव नेतृत्वको पार्टी निर्माणमा सकृय भूमिका निर्वाह गरेका थिए ।
माओवादी जनयुद्ध देखिनै पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएका श्रेष्ठ रुपन्देहीका पुराना र स्थापित नेता हुन ।
उहाँको नेतृत्व शैली सहकार्य र मिलनसारपनको फरक पार्टीका नेता कार्यकर्ताहरु पनि मुक्तकण्ठले प्रसंसा गर्नेगर्छन। राजनिती संगै सामाजिक कार्यहरुमा समेत सकृय नेताको उक्त पार्टी परित्याग सबैको चासोको बिषय बनेको छ ।
श्रेष्ठले सामाजिक सञ्जालमा राखेको विज्ञप्ती यस्तो छ ।
न्याय र समतामुलक समाजको स्थापना गर्ने उद्देश्यसहित नेपालको कम्युनिस्ट आन्दोलनमा समर्पित हुदै आएको र पछिल्लो पार्टी पुनर्गठनपछि १४ बर्ष सम्मका यो पार्टी मार्फत पहल भएका आन्दोलनका कैंयौं प्रयोगहरुबाट अपेक्षित परिणाम नभए पछि समग्र आन्दोलनको समिक्षा गर्न र वर्तमान राष्ट्रिय परिस्थितिमा सिंगो कम्युनिस्ट आन्दोलन नै रक्षात्मक र संकटमा भएको सन्दर्भमा सबै कम्युनिस्ट वामपन्थी शक्तिहरुले निर्मम आत्म समिक्षा गरी समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन,एकता र सहकार्यका लागि पहल गर्न पार्टी नेतृत्वलाई धेरै साथीहरुबाट सुझाव दिइएको हो । सुझावहरुलाई गंभीरतापुर्वक लिएर छलफल गर्नको साटो असहिष्णु वन्ने, विचार राखेकै आधारमा आन्दोलनमा योगदान गरेका नेता कार्यकर्ताहरुलाई जानकारी समेत नदिई घोषित अघोषित कारवाही गर्ने, कम्युनिस्ट आन्दोलनको रक्षा गर्न विभिन्न कम्युनिस्ट नेतृत्वहरुलाई सुझाव दिएका विषयलाई दुस्प्रचार गर्ने कार्य भएकाले अहिले सम्म नेपाल कम्युनिस्ट पार्टी(माओवादी)को पोलिटब्युरो सदस्य सहित विभिन्न जिम्मेवारीमा रहदै हाल महाधिवेशन आयोजक समितिमा रहेकोमा आजकै मितिबाट पार्टी र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको जानकारी गराउँदछु। जुन सुकै रुपमा पनि जनता र देशको सेवामा समर्पित रहने छु । हालसम्म सहकार्य, साथ सहयोग, सुझावका लागि सम्पूर्ण आदरणीय, सहकर्मी र शुभचिन्तकहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि राष्ट्र,समाज र जनहितको पक्षमा सहकार्य र साथ रहिरहने छ ।
बसन्त श्रेष्ठ
२०८३।३।४























