सम्पत्ति शुद्धीकरणमा पक्राउ परे विष्णु पौडेल


सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्र्तगत प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए । उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।























