घर भाडावृद्वि हुंदा व्यवसायीले रोजे आत्महत्याको बाटो

बुटवल,चैत २७ गते। घर धनीले घरवाल भाडावृद्वि गरेका कारण रुपन्देहीमा ६ जना व्यवसायीले आत्महत्या गरेका छन्। घर धनीहरुले मनोमानी ढंगले घर भाडावृद्वि गरेका ६ जना व्यवसायीले आत्महत्याको बाटो रोजेको नेपाल घरवाल सरोकार संघ रुपन्देहीले बताएको छ। विशेष गरेर बुटवल क्षेत्रका घर धनीले १५ देखि ३० प्रतिशत घरभाडा बढाएकाले व्यवसायी विस्थापित हुने अवस्था आएको संघका निवर्तमान केन्द्रिय अध्यक्ष शंकर कोइरालाले बताए। कोरोनाले समस्यामा परेका व्यवसायी महङो घर भाडा र बैंकको ब्याज तिर्न नसकेर सामूहकि रुपमा आत्महत्याको बाटो रोज्ने अवस्था आएको शंकर कोइरालाले बताए। घरवाल सम्बन्धी ऐन कानुन बनाएर समस्याको छिटो समाधान खोज्न तीनै तहका सरकारलाई आग्रह गर्दै उनले भने– सहयोग पुराएका व्यवसायीप्रति सरकारले चासो नदिएकै कारण घर धनीले आफुखशी घाडा बढाएका हुन्। बुटवलका ८० प्रतिशत घरधनीले आफुखुशी घरभाडा बढाउंदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको नेपाल घरवाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले बताए।घर धनीले मनोमानी गरिरहंदा पनि स्थानीय सरकार बेखबर बनेकाले व्यवसाय चौपट भैसकेको गुनासो गरे।

सटर तथा बजार क्षेत्रका घरधनीले सरकारले बुझाउनु पर्ने करसमेत छली गरेको व्यवसायीले बताएका छन्। बुटवलमा एउटा सटरको १० देखि १५ लाखसम्म पेस्की भाडा बुझ्ने धरघनीले कर छली गर्ने गरेको बुझीएको छ। घरधनीले मनोमानी भाडा बढाएको र अपमान गरेका जस्ता मैनाको १० देखि १५ वटा मुद्वा नेपाल घरवाल सरोकार संघमा व्यवसायीका निवेदन पर्ने गरेका छन्।नेपाल घरवाल सरोकार संघ रुपन्देहीले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मनोमानी ढंगले घर भाडावृद्वि नर्गन आग्रह गरेको छ ।घर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीबाट स्थानीय सरकारले २ प्रतिशत अन्त शुल्क र १० प्रतिशत व्यवसायी कर उठाउने संघले बताएको छ । संघले यही चैत्र २९ गते ११ औं साधारण सभा र पांचौ अधिवेशन गर्दै छ । ११ औं साधारण सभा र पांचौ अधिवेशनको पूर्वसन्ध्यामा संघले रक्तदान, अपाङ आश्रमलाई समयोग र जनचेतनामूलक कार्यक्रम गरेको संघका वरिष्ठ उपाध्यक्ष राजुप्रसाद लिगले जानकारी गराए।