रुपन्देहीको तिलोत्तमाले मनायो सरसफाई अभियानको एक सयौं श्रृंखला


तिलोत्तमा, चैत १ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार पाँच घोषणा गरेको छ । नगरपालिमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान; १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गरेका हुन् ।



नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरे ।घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने नगर प्रमुख खांणको भनाइ छ ।
गत फागुन २५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरुलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे । सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए ।
उनले आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिए ।
बाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहारमैलाको दीगो व्यवस्थापन हुने बताए ।
सबै कर्तव्यनिष्ट भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै उनले भने – फोहोर कम उत्पादन, पुनः प्रयोग र प्रशोधनमासमेत ध्यान दिनुपर्छ ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताए ।
तिलोत्तमा नगर प्रमुुख रामकृष्ण खांणको अध्यक्षता, उपप्रमुख जागेश्वरी चौधरीको स्वागत र कार्यपालिका सदस्य सुरेन्द्र श्रीको सञ्चालमा भएको मूल समारोहमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्था, शिक्षक, कर्मचारी, खानेपानी संस्था, सिंचाई प्रणाली, वन, टोल विकास संस्था, व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुलगायतका सयौं नगरबासीको सहभागिता रहेको थियो ।
सो अवसरमा हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्व नगरप्रमुख बासुदेव घिमिरे र विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।
यी हुन् तिलोत्तमाले वातावरण सम्बन्धी गरेका पाँच घोषणा
वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान
तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार गरेका पाँच घोषणाहरु मध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ । नगर प्रमुख रामकृष्ण खाणले वातावरणमैत्री समाजको सिर्जनाद्वारा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गरे ।
वातावरण र विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गराउँदै नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारुप—२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरु पूरा गराउने कार्यक्रमहरु आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता नगर प्रमुख खाणले व्यक्त गरे ।
प्रारूपमा प्रस्ताव गरिएका सूचकहरू हासिल गर्न सम्पूर्ण नगरबासीदेखि नेपाल सरकारका विभिन्न निकाय, प्रदेश सरकार, अन्य स्थानीय तह, विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवम् निजी क्षेत्रबाट यथोचित समन्वय, सहकार्य र प्रोत्साहन प्राप्त हुने विश्वाससमेत व्यक्त गरे ।
हर्न निषेधित नगरपालिका घोषणा
सवारीसाधनको हर्नबाट बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गरी वातावरणमैत्री समाजको निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई बुधबारबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । यो घोषणासँगै अनावश्यक रुपमा हर्न बजाई नगरको शान्ति भङ्ग गर्ने कार्यलाई निरुत्साहित गरिनुको साथैं एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न निषेध गरिएको नगर प्रमुख खाणले बताए ।
फोहरमैलाको वर्गीकरण गर्ने कार्य प्रारम्भ
फोहोरमैला संकलन तथा व्यवस्थापन कार्यलाई दीगो र वैज्ञानिक बनाईं वातावरणमैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न बुधबारबाट तिलोत्तमा नगरपालिकामा फोहरमैलाको स्रोतमैं वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग—अलग रुपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ ।
फोहोर वर्गीकरण कार्य प्रारम्भ भएको जानकारी गराउँदै नगर प्रमुख रामकृष्ण खाणले अबका दिनमा आफ्नो घर, व्यवसायिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, होटल रेष्टुरेन्ट, कार्यालयलगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग—अलग डष्टबिनको व्यवस्था गर्नु तथा डाइपर, स्यानेटरी प्याड तथा शिशाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोहीअनुरुप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरबासीमा अनुरोध गर े।
गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध
तिलोत्तमा नगरपालिकाले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगरबासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बुधबारबाट नगरपालिकामा सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री—वितरणमा प्रतिबन्ध लगाएको छ । अब उप्रान्त नगरमा गुट्खाजन्य पदार्थको उत्पादन, बिक्री—वितरण र ओसारपसार गरेको पाइएमा स्थानीय कानुनअनुसार दण्ड—जरिवाना हुने नगर प्रमुख खाणले उल्लेख गरे ।
पशु दर्ता प्रणाली शुभाम्भ
तिलोत्तमा नगरपालिकाले बुधबारबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ । घर–गोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सडकमा पु¥याइरहेको अवरोधले हुनसक्ने दूर्घटना, कृषि बालीको नोक्सानी तथा फोहर नियन्त्रण गर्न पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको नगर प्रमुख खाणले जानकारी गराए ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










