‘विद्याले शिष्टाचार सिकाउँछ, शिष्टाचारले सत्पात्र’
विद्यार्थीलाई चिठी


मिति-२०७८/०२/१९गते

प्रिय विद्यार्थी भाइबहिनीहरु लामो समयको मीठो सम्झना………….…
अध्ययनको सिलसिलामा आफ्नो महान लक्ष्य र अभिलाषा बोकी उज्वलमय भविष्य निर्माणको निम्ति अहोरात्र संघर्ष गर्दै यहाँ सम्म आउन सफल जनकको जस्तो ज्ञान, सीताको जस्तो शील र बुद्धको जस्तो हृदय भएका ज्ञानै ज्ञानका कुवेर यी दुई आँखाका नानी जस्तै हरपल हाम्रो आँखा अगाडि नाचिरहने मायाका पात्र, राष्ट्रका कर्णधार, विकासका पूर्वाधार, जागरणका आधार, सिर्जना र श्रोतका सम्वाहक प्रिय विधार्थी भाइ बहिनीहरु।

म यहाँ मान्यजनहरुको आशीर्वाद, ईश्वरको कृपा र प्रिय भाइ बहिनीहरुको अपार मायाको कारण विभिन्न अभावमा पनि आत्म सन्तुष्टिका साथ परिवारिक, शारीरिक, मानसिक र संवेगात्मक रुपमा कुशल छु एवम् प्रकारको कुशलताको कामना गर्दै सुन्दर भविष्यको कामना गरी आफ्नो जन्मभूमि र कर्मभूमिलाई विश्वसामु चिनाउन महानकार्य गर्ने प्रेरणा र उत्साह मिली रहोस् भन्ने कामना गर्दै तपाईंहरुको धेरै सम्झना आएर यो पत्र लेख्दैछु। प्रिय विधार्थी भाइ बहिनीहरु अहिले तपाईंहरुको सुनौलो भविष्यको रेखा कोर्ने अत्यन्तै महत्वपूर्ण समयमा आउदै गर्दा विश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसको कारणले “सुत्केरी त होइन सुतिरहने बनायो , अपराधी पनि होइन लुकिरहने बनायो,खै के आयो -आयो सबै तिर घुम्दै, छिमेकी, आफन्त र आफै संग डराइरहने बनायो।” हामी सबै डर त्रासले भयभित भएका छौँ।
यस अवस्थामा विद्यालयहरुमा अध्ययन अध्यापन गर्ने औपचारिक कार्य रोकिएका छन्। भौगोलिक विकटताले गर्दा आधुनिक प्रविधि तथा इन्टरनेटको सबै ठाउँमा पहुँच नपुगिसकेको हुँदा प्रिय विधार्थी भाइ बहिनीहरुलाई औपचारिक रूपमा ज्ञान दिन नसकिरहेको यस अवस्थामा हामी आफैँ सजग र सचेत बनी आफ्नो दैनिक क्रियाकलापहरुलाई सकारात्मक सोच लिदै शारीरिक मानसिक तथा संवेगात्मक रुपमा स्वस्थ्य भइ आफूसंग उपलब्ध भएका वैकल्पिक प्रबिधिको प्रयोग गरी स्व-अध्ययन कार्यलाई अगाडि बढाउनु पर्ने देखिन्छ। प्रिय विधार्थी भाइ बहिनीहरु हामीलाई थाहा छ रुखको हाँगामा बसेको चराले हाँगामा होइन आफ्नो पखेटामा विश्वास गर्छ। त्यसैले हामी पनि स्व-अध्ययन कार्यलाई बुद्धि,विवेक र सामर्थ्य प्रयोग गरी दृढ विश्वासका साथ सधै नर्भिक, साहसी र उत्साहित बन्दै स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालन गरी घरमै बसेर सबै क्रियाकलाप संचालन गर्नुपर्ने देखिन्छ।
सुन्दर राष्ट्रको उज्ज्वल सम्भावना बोकेका सम्पूर्ण प्रिय विधार्थी भाइ बहिनीहरु तपाईंहरुले कठोर परिश्रम, नित्य साधना, लगनशीलता, कर्तव्य परायणता र जिज्ञासु स्वभावलाई अंगाल्दै आलस्य , अहङ्कार, आडम्वर र उच्छृङ्खलतालाई त्याग्दै हिमाल जस्तो चिसो दिमागले, धर्ती जस्तो चाक्लो छातीले र आकाश जस्तो खुल्ला मनले अदम्य साहस बोकेर छातीभरी उत्साहका सगुनहरु बोक्दै नोभल कोरोना भाइरस विरुद्ध विजय प्राप्त गरी आफ्नो सुनौलो भविष्य निर्माण गर्ने अभिलाषाका साथ अगाडि बढनु नै अहिलेको समयको माग रहेकोछ। प्रिय विद्यार्थी भाइ बहिनीहरु तपाईंहरुलाई थाहा छ अनुशासन र कर्तव्य असल विद्यार्थीका सुन्दर गुणहरु हुन भने सादा जीवन र उच्च विचार उच्च आदर्श हुन् । कर्तव्य जीवनको गन्तव्य हो भने अनुशासन त्यहाँ पुग्ने राजमार्ग हो । प्रिय विद्यार्थी भाइ बहिनीहरु शिक्षा र विद्यार्थी एक अर्काका परिपूरक हुन्। विद्यार्थी बिना शिक्षा र शिक्षा बिनाको विद्यार्थीको कुनै अर्थ हुँदैन। शिक्षाले मानिस महान र अमर हुन्छ। शिक्षा ज्ञानको ज्योति हो। शिक्षाले नै मानिसलाई कर्तव्य पथमा हिँडाउँछ । शिक्षा बिना मानिस अपाङ्ग र अन्धो हुन्छ ।शिक्षा जीवनको लागि हो। शिक्षाले व्यक्तिको चरित्र निर्माण गर्दछ। यसले व्यक्तिमा अन्तर्निहित शक्तिलाई प्रस्फुटन गर्दछ। त्यति मात्र होइन समाजमा आफ्नो अस्तित्व बनाउन सिकाउँछ। यसले देशभक्ति नागरिक तयार पार्दछ साथै शिक्षाले अहिंसा, शान्ति र मानवताका पुजारी गान्धी, बुद्ध र सन्दुक रुइत जस्ता विश्व प्रसिद्ध महामानवहरू जन्माउँछ।
प्रिय विधार्थी भाइ बहिनीहरु शिक्षा विध्वंसक होइन रचनात्मक हुनुपर्छ। यसका लागि विद्यालय चौघेरा भित्र रहेर भन्दा स्वतन्त्रपूर्वक स्व- अध्ययन कार्यलाई निरन्तरता दिने हो भने अझ प्रभावकारी देखिन्छ। भनिन्छ अध्ययन मनोरञ्जनको उत्कृष्ट माध्यम पनि हो। नेता नेल्सन मण्डेलाले पनि आफ्नो काराबासको २७ वर्ष पुस्तक पढेर बिताएका थिए। पुस्तक पढेर मानिसले जस्तो सुकै कष्ट पनि सहन सक्छ ।भिक्टर ह्युगोले भनेकाछन् ” समझदार मानिस दु:खको समयमा पुस्तक अध्ययनबाट नै सान्त्वना पाउँछन्।
प्रिय विद्यार्थी भाइ बहिनीहरु जसरी लुगा मैलिए पछि धुन र शरीर मैलिए पछि नुहाउन जति आवश्यक हुन्छ त्यति नै आफ्नो मनोविकार हटाउन पुस्तक पढ्नु पर्छ। विद्यार्थी भाइ बहिनीहरु संस्कृतमा एउटा भनाइ पनि छ ” विद्या धनम् सर्ब धनम् प्रधानम्।” विद्या नै सबैभन्दा ठूलो धन हो। ” विद्या ददाती विनयम् विनयाद्याति पात्रताम् ।पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मस्तत: सुखम् ।” विद्याले नै शिष्टाचार सिकाउँछ, शिष्टाचारले सत्पात्रता प्राप्त हुन्छ , योग्यताकै कारण धन प्राप्त हुन्छ, धनबाट धर्मार्जन हुन्छ र धर्म गरेपछि यस लोक र परलोक दुवैमा सुख पाइन्छ। अन्त्यमा प्रिय विधार्थी भाइ बहिनीहरु मलाई विश्वास छ तपाईंहरु देशभक्त , अहिंसा र मानवताका पुजारी गान्धी, बुद्ध र सन्दुक रुइत आदि जस्ता महामानव बन्नु हुनेछ र यो प्रेरणा तपाईं हरुलाई मिलीरहोस् भन्ने कामना गर्दै आजलाई यो पत्रबाट बिदा हुन चाहान्छु।
उही तपाईंहरुलाई सधै माया गरिरहने गुरु : तिर्थराज पोख्रेल
श्री प्रभात मा. वि. झिम्रुक-३,
आहालखोला प्यूठान





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










