अमेरिकाले संसदमा पार्टी खोल्यो – चित्रबहादुर


बुटवल, बैशाख १० गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरुको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन् ।सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरबाट देश कंगाल भैसकेको बताए ।

नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै चित्रबहादुर केसीले भने – सहकारी ठगी, भ्रष्टाचारीहरु र दोहोरा नागरिकता भएकाहरुको सहभागितामा बनेको सरकारले देशलाई निकास दिन सक्दैन ।

सत्तामा गएकाहरु साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई लुटेको अरोप लगाउंदै संसदमा साम्राज्यवादी पसेको बताए । उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउंदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दावी गरे । लेनिनवादी सिद्वान्त छोडेकाहरु कम्युनिष्ट हुन नसक्ने बताउंदै कम्युनिष्ट सिद्वान्त छोडेर कम्युनिष्टको नाममा भ्रम छर्नेहरुसंग सचेत हुनुपर्ने बताउंदै कम्युनिष्टको आधारभूत सिद्वान्त नै छोडेकाहरुसंग एकता हुन नसक्ने बताए ।

आधारभूत रुपमा कम्युनिष्टको सिद्वान्त र आचारणमा रहेकाहरुसंग एकताका लागि सधै एकताको ढोका खुल्ला रहेको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ ।
उनले कम्युनिष्ट आन्दोलन अवसरबादको दलदलमा पतन भएको उल्लेख गर्दै देशमा कम्युनिष्ट जनमत धेरै भएपनि क्रान्तिकारी धार नभएकाहरुको भीड रहेको बताए ।
राष्ट्रिय जनमोर्चाका सल्लाहाकार बद्रे आलमले नेकपा स्थापनाको उद्वेश्य पुरा नभएको बताउंदै कम्युनिष्टको नाममा गैरकम्युनिष्ट गतिविधि गर्नेहरुबाट कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले विचार र कार्यदिशाको समस्याले कम्युनिष्टमा विभाजन आएको बताउंदै उनले भने – कम्युनिष्टहरुमा आएको विभाजन विडम्मना हो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य शरद ओली, नेकपा माओवादी केन्द्र रुपन्देही अध्यक्ष निर्मल जीसी, वामपन्थी नेता दुर्गानाथ खरेल, तेजप्रसाद कडेल, लिलाबहादुर केसी, ऋषिराम भुसाल, माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुंवर, अन्टुकका अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय सभा सांसद तुलप्रसाद विकलगायतले बोल्दै देशमा कम्युनिष्टहरुको जनाधार बलियो भएपनि कम्युनिष्ट आन्दोलन कमजोर हुंदा साम्राज्यवादी शक्ति हावी भएको बताए ।
छरिएर रहेका कम्युनिष्टवीच एकता आवश्यक रहेको बताउंदै आधारभूत रुपमा कम्युनिष्ट सिद्वान्त अगालेका पार्टीवीच एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गनुपर्नेमा उनीहरुको भनाइ छ ।
नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्थको अध्यक्षता र वामपन्थी नेता चेतनाथ आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










