मसाल निकट युवक संघ रुपन्देहीमा नयां नेतृत्व


बुटवल, असार १ गते । नेकपा मसालको जनवर्गिय संगठन अखिल नेपाल युवक संघ रुपन्देहीको दोस्रो जिल्ला भेला बुटवलमा भएको छ । शनिबार भएको भेलाले मिलन पोखरेल अध्यक्ष रहेको नर्या कार्यसमिति गठन गरेको छ ।

भेलाले १४ सदस्य रहेको नयां कार्यसमिति गठन गरेको अखिल नेपाल युवक संघका निर्वतमान अध्यष हरि योगीले जानकारी गराउनुभयो । अखिल नेपाल युवक संघ रुपन्देहीको उपाध्यक्षमा सुरेस आचार्य,सचिबमा लेम प्रसाद बन्जाडे, सहसचिवमा ज्ञानु पान्डे,कोषध्यक्षमा दिपक बस्नेत ररहेका छन् ।
त्यसै गरी सदस्यहरुमा पदम पौडेल,अमित ज्ञवाली,पुष्पा भुसाल, नन्दु पोखरेल, ढक बहादुर क्षेत्री लगायत रहनुभएको छ । सल्लाहकारमा गामुधोज मल्ल, हरि योगी, गोपाल बन्जाडे रहेका छन् ।
भेलाको उद्घाटन युवक संघका पूर्व केन्द्रिय उपाध्यक्ष भिमलाल न्यौपानेले गरेका थिए ।उक्त उद्घाटन कार्यक्रममा बोल्दै भिमलाल न्यौपानले कम्युनिष्ट पार्टी स्थापनाको लक्ष्य उद्वेश्यमा पुग्न मिलिटेण्ट र अनुशासित युवाहरुलाई संगठित गरी नेकपा मसालमा आवद्व गराउनु पर्ने बताए । युवाहरु सचेत नहुंदा मुलुकको राष्ट्रियता कमजोर भएको र देश भ्रष्टाचारको सूचीमा अग्रस्थानमा पुग्न लागेको बताए ।

उक्त नेकपा मसाल रुपन्देहीका प्रबक्ता लालचन्द पन्त, भेलामा राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, सचिब कृष्णप्रसाद पोखरेल, जनजाति सम्मेलनका नगेन्द्र श्रीनेत, किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य विनोद परियार, गोपाल बन्जाडे, विशाल पौडेललगायतले बोल्दै देश बनाउनका लागि युवाहरु राजनीतिक रुपले सचेत हुनुपर्नेमा जोड दिए ।
अखिल नेपाल युवक संघका अध्यक्ष नवनिर्वाचित अध्यक्ष मिलन पोखरेलले संघीयताको विरुद्व, मुलुकमा भएको चरम भ्रष्टाचारबिरुद्व, राष्ट्रियताको पक्षमा युवाहरुलाई संगठित गर्न पहल गर्ने बताए ।
हरि योगीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।























