तिलोत्तमा उवासंघमा पदस्थापना

बुटवल, असार ४ गते । तिलोत्तमा उधोग बाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सोमवार पदस्थापन गरिएको छ । संघको चौथो अधिवेसन तथा दशौं वार्षिक साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीसहित पदाधिकारी र सदस्यहरुलाई संघका पे्रस सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराई र अध्यक्ष माधव भण्डारीले पदस्थापन गराएका हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले ब्यवसायिक हितका लागि नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्ने बताए । तिलोत्तमाको स्थानीय सरकार उदोगी व्यवसायीका समस्या हल गर्नका लागि सकरातमक रहेको बताउंदै ब्यवसायिक एकता र सहकार्यबाट आर्थिक समृद्धि सम्भव हुने नगर प्रमुख खांणले बताए ।उद्योगी ब्यवसायलाई टिकाउने र बजार चलायमान बनाउनका लागि स्थानीय सरकार प्रतिवद्व रहेको बताउंदै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरे ।

नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीले समस्यामा परेको नीजि क्षेत्रलाई चलायमान बनाउन तीनै तहका सरकारको सहयोग चाहिने बताए । नयां उद्योगी व्यवसायीलाई व्यवसायमा आर्कषित गर्ने गरी नयां कार्यक्रम ल्याउने अध्यक्ष कार्कीले बताए ।

संघका अध्यक्ष गुणनिधी भण्डारी माधवको अध्यक्षता, बरिस्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीको स्वागतमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नवराज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रुस्तम कंडेल, पश्चिमाञ्चल पेट्रोलियम डिर्लस एसोसिएसनका अध्यक्ष हिमाल गैरे, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, निर्वाचन समितिका सदस्य माधवप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

संघको हालै सम्पन्न चौथो अधिवेसनबाट संघको बरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी र महासचिवमा राजकुमार पाण्डेलाई निर्वचित गरेको थियो ।

संघको कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा बीना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डे र सहकोषाध्यक्षमा बसन्त रोक्का सर्वसम्मत निर्वाचित भएका थिए ।