लुम्बिनीमा योग दिवस मनाइयो

    लुम्बिनी, जेठ ६ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । १० औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगाभ्यास गरी दिवस मनाइएको हो ।हरेक वर्ष जुन २१ गते दिवस मनाइन्छ ।

गत वर्षदेखि भारतीय राजदुतावास र लुम्बिनी विकास कोषसहितका संस्थाहरुको आयोजनामा लुम्बिनी जुन २० गते योग दिवस मनाइँदै आएको छ । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताए । योगले हामीलाई आत्म–ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुराउने बताउंदे उनले भने – प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउं । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवद्र्धनका लागि प्रतिबद्धता जानएका छन् ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन पाउँदा हर्षित भएको बताए । यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । बुद्ध जन्मस्थलमा लुम्बिनीको प्रचार–प्रसारका लागि भारतीय दुतावासले विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको जनाए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाइदा गर्ने बताए । उनले लुम्बिनी विकास कोषले भारतीय दुतावाससँग सहकार्य गरेर कार्यक्रमहरु गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवद्र्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए ।

हरेक वर्ष जुन २१ गते योग दिवस मनाइन्छ । गत वर्षदेखि भारतीय राजदुतावास र लुम्बिनी विकास कोषसहितका संस्थाहरुको आयोजनामा लुम्बिनी जुन २० गते योग दिवस मनाइँदै आएको छ ।

कार्यक्रममा पूर्वमन्त्री हृदेश त्रिपाठी, देवेन्द्रराज कंडेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन खाँन, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलबस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसायी र स्थनीयहरु गरी ५ सयको उपस्थिति थियो । उनीहरु सबैले केहीबेर योगाभ्यास गरेका थिए । यो वर्ष ‘स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।