पत्रकार महासंघको निर्वाचन निर्वाचन अनिश्चित

बुटवल, असार २२ गते । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार निर्वाचन समितिले विज्ञप्ती जारी निकाली शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जानकारी गराएको छ ।

सहज वातावरण बन्न नसकेकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले विज्ञप्ती जारी गरी बताएको छ । निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिएको निर्वाचन समितिले बताएको छ । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहंदा रहंदै पनि सहज वातावरण बन्न नसकेको हुंदा असार २२ गते तोकिएको निर्वाचन हुन नसकेको निर्वाचन समितिका संयोजक प्रोफेसर चिरञ्जीवि खनालले बताए ।

नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढ्ने निर्वाचन समितिको भनाइ छ । यसअघि गत जेठ २६ गतेका लागि तोकिएको निर्वाचन पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।
सदस्यताको विषयमा टुंगो नलागेपछि नेपाल पत्रकार महासंघको निर्वाचन हुन नसकेको हो । पत्रकार महासंघले आफ्ना सदस्य कति हुन् भन्ने ठेगान नगरी निर्वाचन समिति बनाएर निार्वाचनको जिम्मा दिएपछि महासंघका विवाद उत्पन्न भएको हो । महासंघको नेतृत्वले सुद्विकरणको नाममा आफ्ना मान्छेलाई सदस्य बनाएर बिरोधी पक्षकाको सदस्यता खारेज गरेको नेतृत्वप्रति आरोप छ ।

नेपाल पत्रकार महासंघ विधान अनुसार नचलेको र सदस्य सुद्विकरणमा राजनीतिक आस्थाका आधारमा कसैलाई काखा र कसैलाई पाखा लगाउंदा निर्वाचन भाडिएको प्रगतिशील पत्रकार संघ नेपालका अध्यष श्यामलाल पोखरेलले बताए । सदस्यताको विषय टुंगो नलागेकाले देशका केयौ शाखाहरुमा तालावन्दी गरिएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा एक हप्ता अगाडीदेखि तालावन्दी गरिएको छ । प्रगतिशील पत्रकार संघ नेपाल, नेपाल पे्रस युनियन, पे्रस मञ्च नेपाल लगायतका संघसंगठनहरुले रुपन्देहीलगायत विभन्न जिल्लाका शाखाहरुमा तालावन्दी गरेका छन् ।

तोकिएको समयमा निर्वाचन हुन नसकेकाले अब अर्को मिती तोकेर निर्वाचन गरिने नेपाल पत्रकार महासंघका अध्यष विपुल पोखरेलले बताए ।