लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी

बुटवल, साउन १८ गते । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरपछि मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो । जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाउनु भएको छ, भने भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्म्ेवारी पाएका छन् ।
दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास र प्रचण्डविक्रम न्यौपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै खेमबहादुर सारुले स्वास्थ्य र सीता शर्माले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी मिलेको छ ।
मन्त्रालयको जिम्मेवारी पाएका मनत्रीहरु कांग्रेस, एमालेका हुन् ।