राजमो र अखिल छैठौं प्यूठान रुपन्देही सम्पर्क समितिमा नयां नेतृत्व
अध्यक्षमा दीपक योगी र सागर एम्सी


बुटवल, साउन २० गते । राष्टिय जनमोर्चा प्यूठान रुपन्देही सम्पर्क समिति र अखिल छैठौं प्यूठान रुपन्देही सम्पर्क समितिको भेला बुटवलमा भएको छ ।
राष्टिय जनमोर्चा प्यूठान रुपन्देही सम्पर्क समितिको तेस्रो र अखिल छैठौं प्यूठान रुपन्देही सम्पर्क समितिको दोस्रो जिल्ला भेला संयुक्त रुपमा सम्पन्न भएको हो । प्यूठानबाट अस्थायी वा स्थायी रुपमा रुपन्देही बसोवास गर्ने राष्टिय जनमोर्चाका समर्थकहरुले भेला आयोजना गरेका हुन् ।

उक्त भेलामा बोल्दै राष्ट्यि जनमोर्चाका लुम्बिनी अध्यक्ष बोमबहादुर खत्रीले सत्ता सञ्चालकहरुको गलत कामले राजनीतिमा वितिष्णा पैदा भएको बताए । सरकारमा गएर सत्ता र शक्तिको भरमा राज्य दोहोन गर्नेहरुका कारण राजनीतिक दुषित भएको उल्लेख गर्दै राजनीतिप्रति जनताको विश्वास गुम्दै गएको बताए ।
सत्ता चलाउने नेतृत्व नै भ्रष्ट भएको र राजनीतिलाई उद्योग बनाएकाले देश संकटको अवस्थामा पुगेको बताउंदै सही प्रकारको राजनीति नेतृत्व र नीति राष्ट्यि जनमोर्चाको मात्र ठिक भएको नेता खत्रीले बताए ।


राष्ट्यि जनमोर्चाका केन्द्रिय सदस्य तथा अखिल छैठौंका पूर्व अध्यक्ष राजेन्द्र ढुंगनाले भोटको राजनीतिले देशले निकास नपाएको बताए । उनले अहिलेको व्यवस्था जनताको पक्षमा नभएको बताउंदै नामको गणन्त्र व्यवस्था भएपनि यो व्यवस्थाले दलाल पूंजीबादको संरक्षण गरेकाले जनताले न्याय पाउन नसकेको बताए ।
युवा नेता ढुंगनाले सहकारीदेखि विभिन्न क्षेत्रका भ्रष्टाचारीलाई कारवाही गरी महंगी, कालोबजारी नियन्त्रण गर्न नसक्ने सरकारको कुनै भरपर्न नहुने बताउंदै संघीय संरचना भित्रको प्रदेश खारेज नगरेसम्म देशले गतिलिन नसक्ने बताए ।
कार्यक्रममा राष्ट्यि जनमोर्चाका नेता शरिता जीसी, वासुदेव पोखरेल, कम्युनिष्ट संग्रालयका अध्यक्ष तथा वामपन्थी नेता चेतनाथ आचार्य, राष्ट्यि जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल युवक संघका दीपक वस्नेत, अखिल छैठौं प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष सागर एम्सी, नन्दलाल पोखरेल लगायतले आआफ्ना भनाइ राखेका थिए ।
दीपक योगीको अध्यक्षतमा उक्त कार्यक्रम भएको थियो । भेलाबाट दीपक योगीको अध्यक्षतामा २५ सदस्य रहेको राष्ट्यि जनमोर्चा प्यूठान रुपन्देही सम्पर्क समिति गठन गरिएको छ । त्यस्तै सागर एम्सी अध्यक्षतामा २३ सदस्य रहेको अखिल छैर्ठौ प्यूठान रुपन्देही सम्पर्क समिति गठन गरिएको छ ।























