गुल्मीमा पहिरोले च्यापेर चार जनाको मृत्यु

गुल्मी, साउन २२ गते । गुल्मीको मुसिकोटमा पहिरोमा पुरएिर चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण पहिरो गएपछि पुरिएर चार जनाको मृत्यु भएको हो ।

मुसिकोट नगरपालिका वडा नं– १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी सोही ३१ वर्षीय बिष्णु विक र २३ वर्षीय मुना विक घाईते भएका छन् । बिष्णु र मुना बुडाबुढी हुन् ।