रसुवामा भएको हेलिकप्टर दुर्घटना पांच जनाको मृत्यु

बुटवल, साउन २३ गते । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीले दिएको जानकारी अनुसार क्याप्टेनसहित ५ जनाको मृत्यु भएको हो । पांचजना मृतकको शव निकालिएको छ ।

हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेको बताईएको छ । अहिले उद्दारकार्य जारी छ ।