लुम्बिनीका मन्त्रीविरुद्द काठमाण्डौमा धर्ना

बुटवल, साउन २५ गते । लुम्बिनी प्रदेशका विवादित मन्त्रीविरुद्द काठमाण्डौमा अधिकारकर्मीहरुले धर्ना शुरु गरेका छन् । लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई बखर्मस्त गर्नुपर्ने माग राख्दै शुक्रबारदेखि काठमाण्डौंको माईतीघर मण्डलामा धर्ना दिएका हुन् ।

मन्त्री कुर्मीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै बांकेकी रुवीखांन सहितका अधिकारकर्मीले धर्ना शुरु गरेका हुन् । बांकेको जानकी गाउंपालिका परस्पुरकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पति हिनामिना प्रकरणमा आरोपीत बादशाह कुर्मीलाई मन्त्री बनाईएको बिरोधमा माईतीघर मण्डलामा धर्ना शुरु गरिएको अधिकारकर्मी खांनले बताइन ।

कांगे्रस पार्टीका आरोपित कुर्मीलाई कांगे्रस र एमालेले यही साउन ९ गते कांगे्रसको कोटाबाट मनत्रीमा नियुक्त गरेका थिए । कुर्मी अहिले लुम्बिनी प्रदेशमा बन तथा वातावरण मन्त्रीमा कार्यरत छन् । निर्मलादेवी कुर्मीको हत्याका मुख्य अभियुक्तलाई नै प्रदेशको मन्त्री बनाएर दलहरुले संरक्षण गरेको भन्दै नेपालगञ्जबाट काठमाण्डौ पुगेर धर्ना शुरु गरेका हुन् ।

अधिकारकर्मीहरुले यस अघिपनि कुर्मीलाई कारवाहीको माग गर्दै १८ दिनसम्म अनसन बसेका थिए । गएको असार ११ गते गृहमन्त्रालय र रुवी खांन लगायतका बिचमा निर्मला कुर्मीको अपहरण हत्यामा संलग्नलाई कारवाही गर्ने सहमतिपछि अनसन तोडेका थिए ।

२०७८ सालमा गृहमन्त्रालयबाट गठित छानविन समितिको प्रतिवेदनमा निर्मला कुर्मीलाई बेपत्ता पार्ने काममा कुर्मीको संलग्नता औल्याईएको छ । समितिले कार्तिक १४ गते । बादशाहसहित ८ जनाविरुद्द अनुसन्धान गर्न सफिारिसहितको प्रतिवेदन तत्कालिन गृहमन्त्री बालकृष्ण खांणलाई बुझाएको थियो ।
मन्त्री कुर्मीले आफुमाथि अनावश्यक लालछना लगाउंद राजनीति गरिएकोर आफु दोषी नभएको दावी गर्दै आएका छन् ।

अधिकारकर्मीहरुले हत्या आरोपित व्यक्तिलाई मन्त्रीबाट हटाउनु पर्ने, हत्याको मुद्दा तत्काल अदालत लैजानु पर्ने र आन्दोलनकारीको सुरक्षा ग्यारण्टी हुनुपर्ने आन्दोदकारीको माग छ ।