जनजातति आन्दोलनलाई वर्गिय आन्दोलसंग जोड्नु पर्छ


बुटवल, साउन २५ गते । अखिल नेपाल जनजाति सम्मेलनले बुटवलमा ३० औं आदिवासी दिवस मनाएको छ । शुक्रबार देशभर ३० औ विश्व आदिवासी दिवस मनाइरहंदा अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेश बुटवलमा आदिवासी दिवस मनाएको हो

उक्त कार्यक्रममा बोल्ने वक्ताले वक्ताले आदिवासी जनजातति आन्दोलनलाई साम्राज्यवादी र देशीय शक्ति केन्द्रहरुले जातियताको नारा दिएर गलत ढंगले प्रयोग गरेको बताएका छन् । एनजीओ आइएनजीओ चलाउनेहरुले आदिवासी जनजातिहरुको नाममा डलरको खेती गरेर आदिवासी आन्दोलनलाई विभाजित गरेर बदनाम गरेको बताए । जातिवादी बन्न नहुने बताउंदै उनीहरुले आदिवासी जनजातिको आन्दोलन वर्गिय आन्दोलनसंग जोडर आदिवासीहरुलाई अधिकार दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुगंले आदिवासी जनजातिहरुलाई जातिय राजनीतिबाट अलग गराउनु पर्ने बताए । आदिवासी जनजातिहरुलाई स्थानीय सुशासनको व्यवस्था गरेर अधिकारमुखि बनाउनु पर्नेमा जोड दिंदै उनले भने अधिकार पाउनबाट बन्चित भएका आदिवासी जनजातिहरुको नाममा जातीय राजनीति गर्नेहरुका कारण आदिवासी जनजाति आन्दोलन ओझेलमा परेको बताए । आदिवासी र जनजातिको परिभाषा अलग भएको बताउंदै अखिल नेपाल जनजाति सम्मेलनले मात्रै आदिवासी जनजातिको आन्दोलन सही प्रकारले अगाडी बढाएको छ, भने ।

वामपन्थी नेता शुरेस थापाले आदिवासी जनताजी आन्दोलन जातीय आन्दोलनसंग जोड्नु गलत भएको बताउंदै कम्युनिष्ट पार्टीको वर्गिय आन्दोलनसंग जोड्नु पर्ने बताए । आदिवासी जनजातिहरुलाई जातीतय राज्य र जातिवादसंग जोडर सम्पति कमाउनेहरुसंग सचेत हुन आग्रह गरे । जातीय संघीयताले समस्या निम्ताएको बताउंदै साम्राज्यवादी तथा विदेशी शक्ति केन्द्रहरुसंग मिलेर आदिवासी जनजाती आन्दोलन भाड्ने काम भएको उनले बताए ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्त, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, नारायण पुन, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, अखिल नेपाल युवक संघ रुपन्देही अध्यष मिलन पोखरेल, अखिल नेपाल किसान महासंघका रुकबहादुर पराजुली, नरेन्द्रराज श्रीनेत, दीलप्रसाद नेपाली, नरबहादुर घर्ती मगर, केयरसिंह पुन लगायतले बोल्दै आजिवादी जनजातति आन्दोलनलाई जातीबादीबाट अलग गर्नुपर्ने बताए ।
अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेश अध्यक्ष उषा पुन मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।























