लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोषलाई आर्थिक सहयोग

बुटवल, साउन ३१ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख एक हजार रुपैया दान हस्तान्तरण भएको छ । चीनियाँ भिक्षु तथा नागरिकहरुले व्यक्तिगत रुपमा रकम जम्मा गरी विश्वविद्यालयलाई दान ४० लाख एक हजार रुपैया दान गरेका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित एका कार्यक्रमबीच चीनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरुले दिनुभएको दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताए । विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिबिधि गरिरहेकाले सबैको सहयोगले प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

त्यस्तै चिनिया भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धानको कार्यका लागि आफूहरुले दान हस्तान्तरण गरेको बताउंदै दानलाई निरन्तरता दिने बताए । चिनियिा भिक्षुसहित १५ जना परिवारले संकलन गरेको रकम दान स्वरुप हस्तान्तरण गरिएको हो ।