देवदहमा हिंसा, दाईजो प्रथा बिरोधी अभियान शुरु


बुटवल, साउन ३१ गते । रुपन्देही देवदहमा घरेलुहिंसा, दाईजो प्रथा र महिला हिंसा सम्बन्धी चेतनामूलक अभियान शुरु गरिएको छ । देवदहको प्रहरी चौकीले घरेलुहिंसा, दाईजो प्रथा र महिला हिंसा सम्बन्धी चेतनामूलक अभियान शुरु गरेको हो । समुदाय, प्रहरी साझेदारी अन्र्तगत शान्तिपूर्ण एवं सुरक्षित समाजको लागि अभियान शुरुवात गरेको हो । दाईजोको आधारमा हुने हिंसा सम्वन्धी सचेतना अभियान देवदह–१२ बाट शुरुवात गरिएको छ ।

टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधिहरुको सहभागितामा सचेतना कार्यक्रम भएको हो । देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक एक्कबहादुर नेपालीले तराई क्षेत्रमा दाईजो प्रथा व्याप्त रहेको बताउदै त्यसलाई हटाउने गरी अभियान संचालन गरिएको जानकारी गराए ।
आफ्ना छोरीहरुलाई दाईजो नभई शिक्षा प्रदान गर्नुपर्ने बताउदै समाजमा हुने दाईजो प्रथालाई अन्त्य गर्न सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए । प्रहरी निरिक्षक नेपालीले दाईजोका कारण अपराध तथा महिला माथि हिंसा हुने भन्दै पछिल्लो समय दाईजोका कारण हत्या हिंसा हुने गरेको बताए ।

सचेतना अभियानमा प्रहरी निरिक्षकले तराई क्षेत्रमा अहिले पनि बोक्सी प्रथा रहेको बताउदै यसका विरुद्द टोल विकास संस्थाहरु लागे सहज हुने उनको भनाइ छ ।
देवदह नगरपालिका–१२, का वडाअध्यक्ष डेगबहादुर सारुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।






















