पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्दारा कार्यक्रम सार्वजनिक, मासु र दुधमा लुम्बिनी आत्मनिर्भर


बुटवल, साउन ३१ गते । पशुपन्छी, मत्य तथा मासु र दुध विकास क्षेत्रमा काम गर्ने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले चालु आर्थिक बर्ष २०८१÷०८२ को कार्यक्रम सार्वजनिकरण गरेको छ । लुम्बिनी प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको निर्देशनालयले वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

निर्देशनालय मातहतमा रहेका ९ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रसहित ३ वटा एकीकृत कृषि तथा पशुपंक्षी कार्यालय, पशु सेवा तालिम केन्द्र, मत्स्य विकास केन्द्र, कुखुरा विकास फार्म र पशुरोग अण्वेषण प्रयोगशाला र निर्देशनालय गरी कुल १७ वटा कार्यालयको चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम सर्वजनिक गरिएको हो ।
निर्देशनालयका निमित्त महानिर्देशक डा. प्रवेशसिंह कुँवरले आर्थिक पारदर्शी र काम प्रभावकारी गर्ने उद्देश्यले वार्षिक कार्यक्रम सार्वजनिक गरिएको बताए ।

कार्यक्रम अनुसार राज्यबाटाबाट प्रायप्त बजेट विनियोजन नभएपनि खर्च घटाएर किसानले देख्ने गरी काम गर्ने गरी वार्षिक कार्यक्रम बनाईएको र त्यसै अनुसार काम गर्ने निमित्त महानिर्देशक डा. प्रवेशसिंह कुँवरले बताए । निमित्त महानिर्देशक डा. कुँवरका अनुसार निर्देशनालय बुटवलको मात्रै ३ करोड ७३ लाख ६३ हजार रुपैयाँ बजेट चालु आर्थिक बर्षमा रहेको छ । जसमा ५लाख ५० हजार पुँजीगतका लागि र चालु खर्चको लागि ३ करोड ६८ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
निर्देशनालय मातहतका १७ वटा कार्यालयहरुको समग्रबजेट ७७ करोड २९ लाख ८९ हजार बजेट छ । विगतका बर्षहरुमा भन्दा यो बर्ष प्रदेश सरकारले सबै कार्यालयको बजेट कटौती गरेकाले बजेट आकार पनि घटेको हो ।

विनियोजित बजेट मध्ये ६ करोड ६८ लाख ८० हजार रुपैयाँ पुँजीगत खर्चको लागि विनियोजन गरिएको छ भने, चालु खर्चको लािग ७२ करोड ६१ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको छ । निर्देशनालय बुटवलले मात्रै यो बर्ष विभिन्न शिर्षकका ३५ वटा कार्यक्रम राखेको छ ।
निर्देशनालयका सूचना अधिकारी तथा बरिष्ठ पशुचिकित्सक लोकराज भुसालले परम्परागत र निर्वाहमुखी पशुपन्छी तथा मत्स्यपालन व्यवसायलाई व्यवसायिकरण गरी कृषकहरुको जीवनस्तरमा परिवर्तन ल्याउने गरी लक्ष्य पुरा गर्नका लागि मिसन अनुसार काम गरिने बताए ।
८० प्रतिशत तथ्यांक सुधारेर काम गर्दा आकारमा उत्पादन घटेको देखिएपनि परिणाम देखिने गरी काम भएको निर्देशनालयले बताएको छ । लुम्बिनी प्रदेश मासु र दुघमा आतमर्निभर भएको र स्थानीय सरकारहरुले सही प्रकारले समन्वय गरेमा अन्य क्षेत्रमा पनि प्रदेशलाई आत्मनिर्भर बनाउन सकिने निर्देशनालयले बताएको छ ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका सूचना अधिकारी तथा बरिष्ठ पशुचिकित्सक लोकराज भुसाल, बरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापा, विरेन्द्र चौधरी, पशुसेवा अधिकृत ऐश्वर्य आचार्य, नरेन्द्र पौडेल, पशु सेवा अधिकृत सोभाखर खनाल लगायतको कार्यक्रममा सहभागिता थियो ।
आर्थिक वर्ष २०८०।०८१ मा लुम्बिनी प्रदेशमा ८४ हजार ५ सय ९७ वटा पशुको कृतिम गर्भधारण गराईएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलको वार्षिक तथ्यांकले देखाएको छ ।
त्यस्तै चालु आथिर्क वर्षमा कृतिम गर्वधारण गर्ने पशुको संख्या १ लाख पुराउने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमिक्ति महानर्दिशक डा प्रवेशसिंह कुंवरले बताए ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म ६० प्रतिशत भैसी र ४० प्रतिशत दुध गार्यको उत्पादन भएको र गुल्मी, अर्घाखांची, पाल्पामा खोरेत मुक्त अधियान चलाई(एको छ ।






















