ग्लोबल डेरीको मोहीप्रति उपभोक्ता आर्कषित


कपिलवस्तु, भदौ ५ गते । कपिलवस्तुुुुुुुुुुुको ग्लोबल डेरी उद्योग प्रालिले २०८१ बैशाख १ गतेबाट मोही उत्पादन गर्दै आएको छ । २०७० सालमा स्थापना भएको ग्लोबल डेरी उद्योग प्रालिले दुधजन्य क्षेत्रमा काम गर्दै आएको थियो । पछिल्लो समय ग्लोबल डेरी उद्योगले नयां वर्षको अवसर पारेर मोही उत्पादन शुरु गरेको हो ।

स्वास्थ्यका लागि दुध मोही लाभदायक हुने भएकाले ग्लोबल डेरी उद्योगले गत बैशाख १ गतेबाट मोही उत्पादन शुरु गरेको हो । दुधबाट बन्ने दही, घियु, पनिरलगायतका परिकारहरु उत्पादन गर्दै आएको ग्लोबल डेरी उद्योगले मोही उत्पादन गर्न थालेको हो । अहिले दैनिक २ हजार लिटर मोही उत्पादन गरी बजारमा पठाउने गरिएको ग्लोबल डेरी उद्योगका अध्यक्ष थानेश्वर न्यौपानले बताए ।
अन्य पेय पदार्थ भन्दा स्वास्थ्यका लागि अति उक्तम मोही हुने भएकाले बजारको माग अनुसार मोही उत्पादन गर्न थालिएको र अहिले बजारमा मोहीको माग बढ्दै गएको अध्यक्ष न्यौपानेले बताए । मोहीमा कुनै कमजोरी नभएको र ल्याव परिक्षण गरेर गुणस्तीय मोही बजारमा पठाउने गरिएको बताए ।
अध्यक्ष न्यौपानेका अनुसार बजारमा आउने विभिन्न पेय पदार्थ भन्दा उपभोक्ताले मोही मन पराएकाले मोही उत्पादन बढाएर देशव्यापी बनाउने योजना छ । मोही खानुपर्छ भन्ने संस्कृति बसाल्ने उद्देश्यले मोही उत्पादन गर्न थालेपछि देशका धेरै ठाउंमा हुने कार्यक्रमहरुमा मोहीको प्रयोग हुन थालेको अध्यक्ष थानेश्वर न्यौपानेको दावी छ ।

कपिलवस्तुको बुद्दभूमि नगरपालिका वडा नम्बर २ मा व्यवसायिक रुपमा मोही उत्पादन गर्न थाएिको हो । अहिले दैनिक रुपमा उत्पादन हुने २ हजार लिटर मोही कपिलवस्तुं, दांग र रुपन्देहीमा पठाउने गरिएको ग्लोबल डेरी उद्योग सञ्चालकहरुले बताएका छनु । उत्पादन भएको मितीदेखि ५ दिनसम्म मोही खान मिल्ने बताईएको छ । किसानका छोराछोरीलाई विदेशजानबाट रोकेर राजेगार दिएको ग्लोबल डेरी उद्योग सञ्चालकहरुले बताएका छन् । अहिले २ सय बढीलाइ प्रत्यक्ष रोजगार दिइएको र अप्रत्यक्ष रुपमा हजारौले यो वा त्यो प्रकारमा रोजगार पाएको बताउछन् ग्लोबल डेरी उद्योगका अध्यक्ष थानेश्वर न्यौपाने ।

उद्योगले प्रति लिटर ५० रुपैंया लिटरमा गुणस्तरीय मोही विक्री गर्दै आएको छ । ५० रुपैंयामा एक लिटर मोही बेच्दा उद्योगलाई खासै फाइदा नहुने भएपनि हाम्रा पुर्खाहरुको पालादेखि खाइदै आएको मोही खानेबानी हराउन थालेपछि मोही उत्पादन गर्न थालिएको उद्योगका निर्देशक कमल न्यौपाने बताउछन् । ग्लोबल डेरी उद्योग प्रालिले उत्पादन गरेको बुद्दभूमि मोही पाउन थालेपछि अहिले बजारदेखि गाउंका होटलहरुमा बढी मात्रमा मोहीको प्रयोग हुन थालेको देखिन्छ ।
बजारमा मोहीको माग बढेपछि विभिन्न प्रकारका चिसो तथा पेय पदार्थ उत्पादन र विक्री गर्दै आएकाहरुले मोही उत्पादनमा रोक लगाउन विभिन्न खालका षडेयन्त्र शुरु गरेका छन् ।
ग्लोबल डेरी उद्योग प्रालिले उत्पादन गरेको बुद्दभूमि मोहीको ल्याव टेष्ट गर्दा कुनै खराबी नपाईएको खाद्य प्रवृद्दि तथा गुण नियन्त्रण कायालय कपिलवस्तु तौलिहवाका खाद्य निरिक्षक सरोज खनालल बताए ।






















