ओम्स नेपालको बुटवलमा महाधिवेशन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

बुटवल, भदौ ८ गते । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ नेपालको प्रथम महाधिवेशन बुटवलमा भएको छ । सात प्रदेशको प्रतिनिधित्वमा महाधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको हो ।

महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले यो व्यवस्थाबाटै मजदुर वर्गको समस्या समाधान हुने बताए । गणतान्त्रिक व्यवस्था संसारमै उत्कृष्ट व्यवस्था भएकाले मजदुरका माग तथा अधिकार यही व्यवस्था भित्रको संविधानबाट सम्भव रहेको उनको दावी छ ।

संविधान सभा सदस्यसमेत हरनुएका मजदुर नेता श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने बताउंदै उनले भने यही व्यवस्था भित्र बनेको अहिलेको सरकारले मजदुरका समस्या हल गर्नुपर्छ । नेपाल ट्ेड युनियन महासंघको एमाले, कांगे्रस, माआवादी र अन्य दलहरुसंग सम्बन्ध नभएको बताउंदै ट्ेड युनियन आन्दोलनलाई राजनीतिक पार्टीसंग जोड्न नहुने उनको भनाइ छ ।

कार्यक्रममा जिफण्ड उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, उपाध्यक्ष कमल गौतम, सीता लामा, महासचिव लक्ष्मण शर्मा, सचिव हरि कार्की, महेन्द्र श्रेष्ठ, जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रकास ढकाल, बसन्त सिग्देललगायतले बोल्दै मजदुर वर्गलाई न्यायपूर्ण तलब, सामाजिक सुरक्षासहित अधिकार दिनुुुुुुुुुुुुुपर्नेमा जोड दिए ।

मजदुरहरुको तलब वृद्दि, स्वास्थ्य विमा र पेन्सन जस्ता महत्वपूर्ण मागहरु पुरा गर्न माग गरिएको छ । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ नेपालका अध्यक्ष शूर्य पुराजुलीको अध्यक्षता र नवराज भुर्तेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
महाधिवेशनले नयां नेतृत्व चयन गर्ने छ । सर्वसम्बत नयां नेतृत्व चयन गर्नका लागि पहल भैरहेको छ ।