बुटवलको देवीनगरमा तीज कार्यक्रम शुरु

बुटवल, भदौ २१ गते ।। हिन्दु नेपाली महिलाहरुको महन चार्ड हरितालिका तीजको अवसरमा जी पञ्चिस क्लवको आयोजनामा बुटवलको देवीनगर चौपारीमा खुल्ला तीज गीत कार्यक्रम आयोजना गरिएको छ ।

२०७३ सालमा क्लव दर्ता भई प्रत्येक वर्ष तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्दै आएको र आज विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म कार्यक्रम गरिने क्लवका सचिव रेशमवहादुर महराले बताएका छन् ।

क्लवका अध्यक्ष जगदिश न्यौपानेले न्यौपाने विगत १० वर्षदेखि यस ठाउँमा नाचगान गराउँदै आएको वताए । हामीले अहिले डिजेबाट गीत बजाएर नाचगान गर्ने बिल्कुलै हटाएका छौं, सनातन हिन्दु धर्म संस्कृति, रितिरिवाज र परम्परालाई थप प्रभावकारी बनाउने गरी छुट्टाछुट्टै ग्रुप बनाएर मादलमा नाच्ने प्रवन्धको गरिएको छ । यसलाई उत्कृष्ट बनाउन क्लवका साथिहरु आ–आफ्नो जिम्मेवारी लिएर लागेका छौं ।

पछिल्लो समय हाम्रा संस्कृतिहरु मनाउने क्रममा प्रविधिको प्रयोगले मौलिक बाजा र गीतहरुको गाएर नाचगान गर्ने चलन हराउँदै गएकाले पश्चिम नेपालको व्यापारीक केन्द्रको रुपमा विकसित हुँदै गएको बुटवलमा तीजलाई मौलिक संस्कृतिको रुपमा मनाउन वडामा रहेको क्वलाई सोही प्रकारले सहयोग गरिएको बुटवल उपमहानगरपालिका वडा न–११ वडासदस्य नकुल शाहीले बताए । उनले भने हामीले क्लवलाई डिजेबाट भन्दा पनि मादल, खैचडी लगायतको प्रयोग गरी तीजको महत्त्वलाई संरक्षण, प्रवर्द्धन गर्न नेपालकै पहिलो वडाको रुपमा स्थापित हुनेगरी लागेका छौं ।

कार्यक्रममा नाचगान गर्न र हेर्नको लागि कार्यक्रम स्थलमा आउनेहरुको संख्या वढ्दै गएको छ ।