गोकर्णमणि बने गृहसचिव


काठमाडौँ । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । यद्यपि मन्त्रिपरिषद्को निर्णयमा भने दवाडीको नाम उल्लेख थिएन ।

उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव छन् । यसअघिका गृहसचिव एकनारायण अर्याललाई सरकारले गत भदौ १३ गते मुख्यसचिव नियुक्त गरेपछि गृहसचिव पद रिक्त छ।
शुक्रबार मन्त्रिपरिषदको सार्वजनिक भएको २४ वटा निर्णमा गृह सचिव सरुवाको विषय उल्लेख नभए पनि फेरि शुक्रबार दिउँसो निर्णयमा दुवाडीको नाम लेखेर प्रमाणीकरण गरेर सरुवाको पत्र तयार गरिएको हो।























