बुटवलमा प्रयोगात्मक ‘अटो इन्जिनियरिङ्ग कलेजको’ तयारी, कानुनी अर्चन

बुटवल । देशकै ठूलो अटो ईन्जिनयरिङ्ग हबकको रुपमा चिनिने बुटवलमो मैनावगरमा बुटवलमा ‘अटो ईन्जिनियरिङ्ग कलेज’ स्थापना गर्ने लक्ष्य लिइएपनि पुरानो शिक्षा ऐनका कारण उक्त योजना अगाडि बढ्न सकेको छैन् । बुटवलमा अटो एशोसिएसनको पहलमा सुरुवात गरिएको कलेजको स्थापनाका लागि वर्तमान शिक्षा ऐन नै अर्चन रहेएको पाइएको छ । जसले गर्दा जनशक्तिहरु दैनिकरुपमा रोजगारी र अध्ययनका लागि भन्दै हजारौंको संख्यामा विदेश पलायन हुँदै गएको बताईएको थियो ।

अहिले सञ्चालनमा रहेका अटो इन्जिनयरिङ्ग, अटो मेकानिक्स इन्जिनियरिङ्ग कलेज भन्दा फरक प्रकृतिबाट अधिकांश प्रयोगात्मक विषय सञ्चालन गर्ने गरी बुटवलमा ‘अटो इन्जिनियरिङ्ग कलेज’ सुरुवात गर्ने लक्ष्य लिइएको । यो विषयमा अध्यायन प्रतिवेदन समेत तयार भैसकेको एशोसिएसनका अध्यक्ष तुलसीराम न्यौपाने बताए । शनिवार मैनावगरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जनाएका हुन् ।

बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा काठमाण्डौ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो ईन्जिनियरिङ्ग कलेज स्थापनाको लागि संभाव्यता अध्ययन गरिएको सम्मेलनमा प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो ।

एशोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेका अनुसार बुटवलमा आवश्यक जनशक्तिहरुलाई आधार मानेर रोजगारीसहितको अध्ययनलाई शुरु गर्ने लक्ष्य लिइएको बताए । उनले भने, हामीले प्रयोगात्मक रुपमा विशेष जोड लिने तर सैद्धान्तिक शिक्षामा कम अध्यापन गराएर दक्ष जनशक्ति ृउत्पादन गर्ने योजना छ ।

बुटवलमा प्राविधिक धारको अटो ईन्जिनियरिङ्ग कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानरपालिकाले पनि पटकपटक आवाज उठाउँदै आएको छ । बुटवलमा हाल मेकानिकल, आटो क्षेत्रमा डिप्लोमा लेभलमा बुटवल टेक्निकल ईन्ष्च्युट, कोरिया नेपाल बहुप्राविधिक विद्यालयमा अध्यापन हुँदै आएको छ । तर स्नातक र स्नाकोत्तर तहमा भने कलेज हालसम्म छैनन् ।

बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजार भन्दा बढी व्यवसायीहरु रहेको जनाइएको छ । जसमा ८ हजार भन्दा बढी कर्मचारहरुले रोजगारी पाएको आटो ईन्जिनियरिङ्ग एशोसिएशसनको तथ्यांक छ । जसमा करिव २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्ष पूरा गरेका दक्ष जनशक्तिरहेका छन् भने अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्तिहरुले काम गर्दै आएको बताईएको छ ।