नेकपाको पाल्पामा कम्युनिष्ट स्कुल सञ्चालन


बुटवल, भदौ २३ गते । नेकपाले पाल्पाको तानसेनमा लुम्बिनी प्रदेश स्तरयी कम्युनिष्ट स्कुल सञ्चालन भएको छ । पांच दिनसम्म चल्ने उक्त राजनीतिक प्रशिक्षण कक्षा आइतबारदेखि सञ्चालन भएको हो ।

लुम्बिनी प्रदेशको पूर्वीक्षेत्रका ६ जिल्लाका स्थानीय नेता तथा कार्यकर्ता गरी प्रशिक्षण ४० जनाको सहभागिता रहेको नेकपा गुल्मीका इन्चार्ज खोमा तरामुले नयां दिशालाइ जानकारी गराएका छन् ।
उक्त स्कूलिङ कार्यक्रमको नेकपाका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सन्तोष सीले कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेतामा राजनीतिक अध्ययन हुनुपर्ने बताउंदै कम्युनिष्ट पार्टीलाई सहढिंगले अगाडी बढाउन कार्यकर्ता राजनीतिक रुपले दृढ र विचारको हिसावले जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

नेकपाका पोलिटव्यूरो सदस्य भेषराजले माक्र्सवाद अध्ययन नहुंदासम्म कम्युनिष्ट पार्टीको विचारलाई बोक्न समस्या हुने बताउंदै सर्वहारा वर्गको राज्य सत्ता स्थापनाका लागि कम्युनिष्ट पार्टीका हरेक कार्यकर्ता विचार र अध्ययनले भरिपूर्ण हुनुपर्ने बताए ।
नेकपाका नेता बसन्त सीको अध्यक्षता, शरद सीको सञ्चालान र कमल सीको स्वागतमा उद्घाटन कार्यक्रम भएको थियो । केन्द्रीय स्कूलिङ बिभागका प्रशिक्षकहरूले प्रशिक्षण दिने उक्त प्रशिक्षण कक्षामा दर्शन, अर्थसास्त्र र समाजा विज्ञानबारे प्रशिक्षण दिइने छ ।























