कार्यक्रतामा हुनपर्ने आवश्यक गुणहरु


खिमराज चालिसे

भारत असोज २ गते । एउटा संगठनक्रता स्वंयमा एउटा रुख हो। उ जहा बिरुवा बनेर पस्छ उ त्यहा बस्छ त्यहा जराहरु (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यक्रताहरु समेत जन्माउँदै जान्छ। त्यती मात्र होईन आफ्नो आसपासमा धेरै कार्यक्रतारुपी रुखहरु पनि बलिया पिलरको रुपमा स्थापित गर्ने प्रयास गरिरहन्छ। मैले आफुले बुझेको सिकेको आधारमा संक्षिप्त रुपमा बुदागत रुपमा कार्यक्रताहरुमा हुनुपर्ने गुणहरु बारे थोरै लेख्ने प्रयास मात्र गरेको छु । तपाईहरुको सुझाव सल्लाहले लेखलाई पुर्ण रुप दिन र मलाई थप ज्ञान लिन मद्धत मिल्ने छ ।
१ –निती , सिद्धांत प्रती स्पष्ट– एउटा संगठनक्रता स्वंय संगठन, पार्टीको, नीति सिद्धान्त, विधान र दीर्घकालिक कार्यक्रमबारे कार्यक्रता स्पष्ट हुन आवश्यक छ । यदी कार्यक्रता स्पष्ट छैनन् भने संगठनमा तात्कालीन र दिर्घकालिन रुपमा नै नकारात्मक असर पर्न सक्छ ।
२– अध्ययनशिल –– कुनैपनि कार्यक्रताहरुमा हुनैपर्नी गुण हो अध्ययनशिल । निरन्तर अध्ययन गर्ने कार्यक्रताहरुले नयाँ नयाँ कुराहरु सिक्ने र आफुभन्दा तल्लो तहको कार्यक्रताहरुलाइ सिकाउने गर्न सक्छ जस्ले गर्दा एउटा सक्षम, जुझारू, र दक्ष संगठनक्रता उत्पादन गर्न मद्बत मिल्छ।
घ– संगठनात्मक पद्धतिलाइ पालना गर्ने––संगठनात्मक पद्बतीलाइ दह्यो संग पालना गर्ने कार्यक्रताहरुले नै पार्टी÷संगठन लाइ मजवूत तथा सुदृढ पार्न सक्छन। अत हरेक संगठनक्रताहरुले अनिवार्य रुपमा संगठनात्मक पद्धतीलाइ दह्रो संग पालना गर्ने गराउने विषयमा गम्भीरता पुर्वक ध्यान दिनुपर्दछ।
४––आत्मविश्वास – आत्मविश्वास ले कार्यक्रताहरुमा जोस पैदा गर्छ र समग्र संगठन÷पार्टीमा गुणात्मक विकास गराउछ। आत्मविश्वास त्यस्तो चमत्कारिक वस्तु जस्ले मानव जीवनको कठिन र संघर्षरत जीवनलाइ स्वणिम बनाइदिन्छ र कार्यक्रताहरुका आशा, विश्वास र कामकर्तव्यका आकुराहरुमा मानौ अमृत वर्षा नै गराइ दिन्छ ।
५– सहयोगी –– जनता र कार्यक्रताहरु कुनैपनि पार्टी ÷ संगठनको अमुल्य सम्पतीहुन उनको संरक्षण, र सहयोग बिना पार्टी ÷संगठन मजवूत, क्रियाशील सुदृढ रुपमा स्थापित गर्न सकिदैन त्यसकारण प्रतेक कार्यक्रताहरुमा सहयोगी भावनाले ओतप्रोत हुन अति आवश्यक छ ।
६– मिलनसार तथा जनपक्षिय स्वभाव––जनता विच घनिष्ठ सम्वन्ध कायम गरि आफनो पार्टी÷संगठन को निती सिद्धांत जनस्तरमा घनिभुत रुपमा स्थापित गर्न आफु जनपक्षिय र मिलनसार हुनै पर्दछ । ताकी हाम्रो विचार ठिक छ भन्ने लागेपछी जनतालाइ समर्थक, सदस्य हुदै कार्यक्रताहरुकै रुपमा परिवर्तन गर्न सकिन्छ ।
७.जुझारू तथा दक्ष–– दक्ष्य र जुझारुपन संगठनका सबै कार्यकर्ताहरुको लागी न भै नहुने गुण हो।दक्ष कायक्रताहरूले परिस्थितिको ठोस मुल्यांकन गरी कुनैपनि समस्या को तत्काल निवारण( समाधान को उपाय ) खोज्न सक्छन । उ संग भयको जोस तथा हौसलाको साथ जुझारुपन सहितको दक्षताले सयौ मानिसहरुलाइ सहि र गलत के हो भन्नेकुरा बुझ्न र बुझाउन मद्धत मिल्छ । जस्ले गर्दा त्यस्ता कार्यक्रताहरुको नजीक धेरै जनसमुदाय रहने गर्दछ ।
८––निजी स्वार्थलाइ भन्दा सामुहिक स्वार्थलाइ महत्व दिने–– वर्तमान सामाजिक संरचना मा धेरै मानिसहरु तथा राजनैतिक कार्यक्रताहरुको सोच व्याक्तिगत फाइदा अर्थात निजी स्वार्थ मा नै देखिन्छ त्यही कारण हो कि जनताले राजनीति र संगठनका कुरा गर्दा समेत जुन जोगी आयपनि कानै चिरेको भन्ने नैराश्यपूर्ण अभिव्यक्ती दिने गरेको पाइन्छ यो विचार देश विकासको लागी सहि होइन यस्ताप्रकारका विचारले कैयन दुष्प्रभाव ल्याउछन ।जबकी सामुहिक हितको बारेमा सोच्ने व्यक्ति व्यक्तिगत रुपमा पनि स्थापित हुन्छ।
९– कमजोरीहरुलाई सहर्ष स्वृकार गर्ने –– कतिपय कार्यक्रताहरुमा संगठनात्मक कार्यको नाममा सिन्को नभाच्ने , आफना कमि कमजोरीहरु माथी सधै पर्दा हाल्ने, बरु अनावश्यक विवादहरु ल्याउने र क्रियाशील सक्रिय साथीहरुलाइ कमजोर पार्न खोज्ने, चाप्लुसी चम्चा बन्न खोज्ने प्रकारका व्यवहार पनि देखिन सक्छन । यस्तो रोग सवैभन्दा घातक रोग हो यसलाइ समय मै निवारण गर्न पर्छर कार्यक्रताहरुले आफै आफनो कमजोरी हटाउन लगातार लागीरहन पर्दछ ।
ज्ञण्––जीम्मा लिने र पुरा गर्ने –– प्रत्येक कार्यक्रताहरुले आफुले सगठनको कुनै न कुनै जिम्मा लिने र त्यो जीम्मालाइ पुरा गर्ने बानि बसाल्नु पर्दछ। यसोगर्दा आफु क्रियाशील हुने र धेरै कुराको अनुभव लिने, सिक्ने, बुझ्ने मौका मिल्दछ र सौद्धान्तिक स्पष्टतामा अझ निखार आउछ।
१० – भौतिकवादी दृष्टिकोण –– दृष्टिकोण ले नै देशको समग्र संरचना को निर्माण गर्दछ । रुढिवादी, अन्धविश्वास, अलौकिकता माथी विश्वास गर्ने सामाजिक संरचना ले समाजलाइ सधै पछाडी नै धकेलीरहेको हुन्छ जवकि भौतिकवादी दृष्टिकोण ले विज्ञान र प्रविधि को प्रतिनिधित्व गर्दछ र समाज परिवर्तन तथा विकासको लागी प्रेरित गर्दछ । यसरी कार्यक्रताहरुको भौतिक ज्ञानले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका निभाउछ।
११– सामुहिक निर्णय र व्यक्तिगत सक्रियता–– कुनै विषय मा सामुहिक छलफलपछि गरिएको निर्णयलाइ कार्यान्वयन गर्न व्यक्तिगत सक्रियता जिम्मेदारी वोधको साथ निकै आवश्यकता पर्दछ । सामुहिक रुपमा गरिएको निर्णय हरु कार्यान्वयन गर्न कार्यक्रताहरुको सक्रियता माथी नै निर्भर हुन्छ ।
१२–नेतृत्व को अधिनस्थ रहने ––वुर्जुआ पार्टी संगठन हरुमा जस्ले जे गरे पनि हुन्छ तर हाम्रा जस्ता संगठन हरु ÷ पार्टिमा सवै कार्यक्रताहरु नेतृत्व को अधिनस्त भयर काम गर्नुपर्दछ जस्ले गर्दा अनुचित र अराजकता को परिस्थिति वन्न पाउदैन । कार्यक्रताहरु एकढिक्का भयर कार्यक्षेत्र मा लाग्न सक्छन र सगठनात्मक पद्बतीमा सवैकार्यक्रताहरुलाइ दृढ़ वनाउन सकिन्छ।
१२–आलोचना लाइ सहज रुपमा आत्मसात गर्ने–– भनिन्छ मान्छे गल्तीहरु को पुतला नै हो तर गल्ती गरेको थाहालागेपछि पश्चाताप गर्नु वा अरुले गरेको आलोचना सहजता पुर्वक स्वीकार गर्नु नै संगठनात्मक नैतिकता हो । यसरी कमजोरीहरू स्वीकार गर्ने व्यक्तिको स्वाभाव, चरित्र र नैतिकता पनि गुणात्मक रुपले सुधार हुन्छ ।
१४–कार्यक्रम तथा बैठकहरुमा अनिवार्य उपस्थितहुने––कार्यक्रताहरुको सक्रियता तथा उसको भुमिका को संगठनिक कसी हो उस्को विभिन्न कार्यक्रमहरुमा तथा बैठकहरुमा उपस्थिति तथा छलफल मा भाग लीने बानीले स्पष्ट हुन र गतिविधि हरुलाइ सक्रियतापुर्वक परिचालित गर्न मद्बत मिल्दछ।
१५– तल्लो समितीका कार्यक्रताहरुको मुल्यांकन पारदर्शीरुपमा गर्ने–– आफुभन्दा तल्लो समितीका कार्यक्रताहरुको क्षमता तथा कार्यकौशलता वारे पारदर्शी रुपमा मुल्यांकन. गरेर मात्र कार्यक्रताहरु माक्र्सवादी लेनीन वादी तरीकावाट काम गर्न सिक्न.र सिकाउन सक्ने छौ।
१६– निर्णय ठोस र अविलम्ब लिन सक्ने– यसप्रकारको गुण भयको कार्यक्रताहरु समाजमा सजीलै पहिचान बनाउन र सामाजिक कार्यमा नेतृत्व गर्न सक्छन ।उनिहरुले सामाजिक, राजनैतिक, र व्यवहारिक अप्ठाराहरु संग सजीलै संघर्ष गर्दै निकास दिलाउन सक्छन।
१७– आफनो मुल्यांकन आफै नगर्ने–– कतिपय मान्छेमा मपाइको भावना पनि हुन्छ। उनिहरुले थोरै सक्रियता देखाउदा , केही थोरै बढि काम गर्दा, केही अप्ठाराहरुमा सफलता पाउदा आफनो मुल्यांकन आफै गरि मख्ख पर्ने प्रवृति हुन्छ। म यती वर्ष देखि काम गरेको,यस्ता नेताहरुसंग रहेको आदी आदी कुरा गरि मपाइको भावना प्रस्तुत गर्ने बानि कतै ठिक होइन।
१८–आन्दोलनहरु तथा प्रशिक्षणहरुमा निरन्तर भाग लिईरहने––आन्दोलनहरु तथा कार्यक्रम हरुबाटै व्यावहारिक ज्ञान पाइन्छ त्यसमा निरन्तरता ले कार्यक्रताहरुलाइ दक्षता, क्षमता, सभ्यता र अनुशासित बन्न बनाउन ठूलो भूमिका निर्वाह गर्दछ।
१९–अनुशासित र वजनदार व्यक्तित्व–– कुनै कार्यक्रताले पार्टी, संगठनको निती नियम जन समक्ष लागु गर्न गराउन आफु अनुशासित, दक्ष र वजनदार व्यक्तित्वको रुपमा स्थापित हुन आवश्यक रहन्छ ।
२०– गोपनीयता राख्ने ––खासगरि माक्र्सवादी लेनिनवादी पार्टी संगठन हरुले गोपनीयता लाइ सबैभन्दा वढी घनिभुत भयर पालना गर्दछन।आन्तरिक विषय हरुलाइ वाहिर ल्याउनु वा सार्वजनिक गरिनुलाइ कहिल्लै पनि वर्दाश्त गर्न सकिदैन । तसर्थ गोपनीयता को दह्रो पालन नै संगठन मजवूत को आधार हो।
२१– आफुभन्दा तल्लो कमिटी लाइ अभिभावकत्व महसुस गराउन सक्ने – एउटा सफल कार्यक्रताको जिम्मेदारी आफु अधिनस्थ काम गर्ने कार्यक्रताहरु तथा तल्लो समितीलाइ पुरा रेखदेख सहितको अभिभावकत्व को महशूस दिलाउन पर्दछ । त्यसो गर्दा उनीहरुलाई जनवाद र केन्द्रीयता वारे बारम्वार स्पष्ट पार्दै जानु पर्दछ।जस्ले गर्दा माओले भने झै हजारौ फुल फुल्न देउ सयौं प्रतिभा जन्मन देउको व्यवहारिकता कार्यान्वयन हुन सक्छ।
२२ –रक्सी, जुवा तास समेत सबै सामाजिक विकृतिवाट टाढा रहने – एउटा असल संगठनक्रता वा सामाजिक कार्यकर्ता पुरा समाजको दर्पण पनि हो । हामीले गर्ने व्यवहार, खानेपिने शैली, बोलचाल र उठबस समेतले धेरैजनालाइ प्रभाव पार्दछ।

कार्यक्रताले जाडरक्सी जुवातास लगाएतका सामाजिक विकृति विरुद्ध को आन्दोलन वा सभ्य समाज निर्माण को जिम्मेदारी आफुले त्यी सवै सामाजिक विकृति विरुद्ध संघर्ष गरेर मात्र पुरा गर्न सक्दछ।
लेखक भारत शाखा पत्रकार महासंघका केन्द्रिय सदस्य हुन् ।






















