छविलाल जोशीलाई पोखरा लगियो

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसूरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) एवं गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । उनलाई सोमबार अदालतमा पेस गरिने बताइएको छ ।