नख्खु खोलाले ४ जनालाई बगायो


काठमाडौँ । काठमाडौँको नख्खु खोलाले ४ जनालाई बगाएको छ। खोलाले बगाउँदा उनीहरु बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा रहेका सशस्त्र प्रहरीले जनाएको छ ।
शनिवार बिहान करिब ९ बजे खोलाले बगाएर उनीहरुलाई बेपत्ता बनाएको हो ।
























