पत्रकार कर्णबहादुर कार्कीको निधन


बुटवल, असोज १२ गते । पे्स स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार कर्णबहादुर कार्कीको निधन भएको छ । लामो समयदेखि मृगौला पींडित अग्रज पत्रकार कार्कीको ७० वर्षको उमेरमा शनिबार बिहान साढे सात बजे पाल्पा तानसेनको धुर्वघाटमा रहेको आफ्नै निवासमा निधन भएको पाल्पाका पत्रकार भगवान भण्डारीले बताएका छन् ।

२०११ साल माघमा जन्मेका कार्की नेपाली पत्रकारिता क्षेत्रको अग्रह पत्रकार हुन् । उनले २०३५।०३६ तिर पाल्पा तानसेनबाट निस्कने जमर्को नामको पत्रिकाबाट पत्रकारिता शुरु थिए । कार्कीले पछिल्लो पटक बुटवलबाट स्वास्थ्य पत्रिका तथा मासिक पत्रिका प्रकाशन गर्न सुरु गरेका थिए । तीन अंक निकालेपछि स्वास्थ्यले साथ नदिएपछि उपचारमा लागेका कार्कीको यही २०८१ असोज असोज १२ गते अकस्माथ निधन भएको हो ।
कार्कीले देशान्तर साप्ताहिकहुँदै आफ्नै नेतृत्वमा दैनिक लुम्बिनी प्रकाशन गरेका थिए । हक्की स्वभावका पत्रकार कर्णबहादुर कार्कीको नेपाली पत्रकारितामा ठूलो योगदान छ ।
स्व. कार्कीको शनिबार दिउंसो तिलोत्तमाको मगर घाटमा अन्तिम दाहास.सकार गरिएको छ । पत्रकार महासंघ रुपन्देहीको आयोजनामा श्रदाञ्जली सभाको आयोजना गरी अन्तिम दाहासंस्कार गरिएको हो ।

स्व. कार्कीप्रति नयांदिशा हार्दिक श्रदाञ्जली अर्पण गर्द छ ।























