अखिल छैठौंको अध्यक्षमा सुवास जीसी, २५ सदस्य केन्द्रिय समिति

बुटवल, असोज १२ गते । दाङकोे घोराहीमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । बिहीबारदेखि शुरु भएको सम्मेलनले शुवास जीसीको अध्यक्षतामा नयां नेतृत्व चयन गरी शनिबार सम्पन्न भएको हो ।

तीन दिनसम्म चलेको राष्ट्रिय सम्मेलबाट ३५ सदस्य रहेको केन्द्रिय समिति चयन गरिएको अखिल छैठौंका नेता सरोजमान सिंहले जानकारी गराएका छन् ।
अखिल छैठौंको केन्द्रिय उपाध्यक्षमा देवेन्द्र पौडेल र विवेक जीसी निर्वाचित भएका हुन् ।

महासचिवमा पुरन पोखरेल, सचिवमा गणेश सापकोटा र जीवन नेपाली चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा समिष्ट बुडा निर्वाचित हुनुभएको छ, भने केन्द्रिय सदस्यमा २८ जना केन्द्रिय सदस्य चयन गरिएको अखिल छैठौंका पूर्व सचिव तथा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी गराए ।