नौबिसे नागढुंगाको झ्यापले खोलामा बस पुरियो, यात्रुहरु परेको शंका

काठमाडौँ । नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ । लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जाँदै गरेको भएको बताइएको छ ।

अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन ।