प्रसाईँलाई धरौटीमा छोड्न अदालतको आदेश


काठमाडौँ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईँलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

साई विरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।
मुद्दामा प्रसाईँलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैँया जरिवानाको माग गरिएको थियो । उनलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।
























