समाजवादका लागि सामनाको साँस्कृतिक अभियान


बुटवल, असोज १६ गते । नेकपाको आयोजनामा आज बुटवलमा सामना सांस्कृतिक अभियानले सांस्कृतिक कार्यक्रम गर्दै छ । बुटवल उद्योग वाणिज्य संघको हलमा सांस्कृति कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलन गरी सामना सांस्कृतिक अभियानले जानकारी गराएको छ ।

छरिएर रहेका माओवादी घटकहरुलाई एकीकृत गर्ने उद्वेश्यले माओवादी घटक पार्टीकोहरुको सहयोग र समर्थनमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सामना परिवारका संयोजक आरोहीले सीले जानकारी गराए । हामी गाइरन्छौं क्रान्तिका गीत भन्ने मूल नाराका साथ समाजवादका लागि साँस्कृतिक कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सामना परिवारको संयोजक आरोह सीका अनुसार असोज ११ हेटौंडादेखि शुरु गरिएको कार्यक्रम बुटवलमा पनि गर्न लागिएको र देश ब्यापीरुपमा गरिने छ ।

उक्त कार्यक्रममा बोल्दै माओवादी आन्दोलनका अगुवा तथा वामपन्थी नेथा मणि थापाले माओवादी माओवादी घटकबीच धुव्रीकरण आवश्यक्ता भएको बताए । वामपन्थीहरुले सरकार चलाएपनि देशमा चरम निरासा छाएको बताउंदै यो निरासाले देशलाई संकटमा धकलेको बताउंदै संकट कसैका लागि पनि फाइदा होइन भने ।
गीतकार, साहित्यकारसमेत रहेका बामपंथी मणि थापाले देश संकटता, राष्ट्रियता कमजोर भयो, महंगीले ढाड सेकेको तत्कालिन माओवादीको जनयुद्धलाई हिंसा भनिएको बारेमा अब हामीले साँस्कृतिक अभियानमार्फत् जनयुद्धको चित्रण गर्ने र हमलालाई प्रतिवाद गर्ने उद्देश्यले साँस्कृतिक अभियान चलाईएको बताए ।
साँस्कृतिक अभियानले हिजो एउटै भएको माओवादी धारालाई आज टुक्राटुक्रा भएकोमा भोली एउटै गराउने गरी अभियानलाई जोड दिईएको थापाले सुनाए । नेता थापाले थपे, जनयुद्धमाथिको भाषालाई गलत रुपमा ब्याख्या गर्दै आइरहेको भन्दै इतिहासलाई एकपटक फर्केर हेर्न सुझाए । उनले भने, जनयुद्धलाई भ्रष्टिकरण गर्न खोजिएको भन्दै साँस्कृतिक परिवारलाई सैंय नहुने उनको तर्क छ ।
कार्यक्रममा बामपंथी कलाकारहरुको प्रस्तुति रहने, टिकट सो गरिएको पनि स्वेच्छिक गरिएको बताइएको थियो । पत्रकार भेटघाटमा माइला लामा, नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यरो सदस्य बसन्त सी, रुपन्देही जिल्ला इन्चार्ज शरद वली, रुपन्देही सेक्रेटरी बिरेन्द्र सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।























